वेन डायर प्रसिद्धि अमेरिकी लेखक तथा प्रेरक वक्ता हुन् । उनका पुस्तक विश्वमै सबैभन्दा बढी बिक्रि हुने पुस्तकहरुभित्र पर्दछन् । वेन डायरको जन्म १० मे १९४० मा भएको थियो भने २९ अगस्ट २०१५ मा उनको निधन भएको थियो ।

वेन डायरका जीवनोपयोगी भनाइहरु

हरेक दिनको पाँच मिनेट समय आफूलाई नियाल्नको लागि देऊ । त्यो पाँच मिनेटले तिम्रो जीवनमा परिवर्तन ल्याइदिनेछ ।

हरेक कुरा पर्फेक्ट खोज्नु भनेको आफूलाई निराशामा धकेल्नु हो ।

नाच्दा स्टेज ओगट्नुलाई आफ्नो लक्ष्य नबनाऊ । हरेक तालमा रमाउनुलाई आफ्नो लक्ष्य बनाऊ ।

जब तिमीले आफ्नो महत्व बुझ्छौ, तब आत्मसम्मान हासिल गर्छौ ।

यदि तिमीले कसैको मूल्यांकन गरिरहेको छौ भने सम्झ कि, तिमीले आफ्नो बारेमा बताइरहेका छौ ।

आफ्नो जीवनको निर्माता, निर्देशक र कलाकार सबै तिमी आफै बन ।

तिमीले परिस्थितिहरुलाई कन्ट्रोल गर्न सक्दैनौ । तर आफूलाई कन्ट्रोल गर्न सक्छौ ।

रिसाउनु नराम्रो कुरा होइन । फरक यो हो कि, त्यो रिसलाई तिमीले कसरि प्रयोग गर्छौ ।

जब तिमी निर्णय लिनबाट पछाडी हट्छौ, तब तिमी बाहनाहरुको संसारमा पुग्छौ । र तिमी त्यहीं हराउँछौ ।

स्वर्ग कुनै ठाउँमा भेटिदैन । स्वर्ग त तिम्रो दिमागमा, तिम्रो सोंचमा भेट्न सक्छौ ।

यदि तिमीले आफूलाई मन पराउँछौ भने तिमी कहिल्यै पनि एक्लो हुँदैनौ ।

तिमीलाई लाग्न सक्छ कि, अरु मान्छे या वस्तुले तिमीलाई दु:खी बनाइरहेका छन् । तर वास्तवमा तिमी आफैले आफूलाई दु:खी बनाइरहेका हुन्छौ ।

यो गोलो संसारमा तिमी माथि मात्र चढीरहन सक्दैनौ ।

तिम्रो जीवनको कुनै पनि पलमा जादु हुनसक्छ । त्यसको लागि आफूलाई सधै तयार राख ।

आफूलाई आत्मा सहितको शरीर होइन, शरीर सहितको आत्मा सम्झ ।

हामी आफूले जान्ने भएदेखि सिकाइएका के असम्भव छ र के गर्नहुन्न भन्ने कुराले भरिएका छौं ।

तिमीले जे चाहन्छौ, त्यो सबै तिम्रो अगाडी छ । आफ्नो दृष्टिकोणमा परिवर्तन गर ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text