फ्रेडरिख नित्से प्रसिद्ध दार्शनिक, कवि, लेखक, विश्लेषक तथा समाजसेवी हुन् । जर्मनीका नागरिक उनको जन्म १५ अक्टोबर १८४४ मा भएको थियो भने २५ अगस्ट १९०० मा उनको निधन भएको थियो ।

फ्रेडरिख नित्सेका प्रसिद्ध भनाइहरु

जुन व्यक्तिसम्म संगीतको आवाज पुगेको छैन, उसलाई त्यो संगीतमा नाचिरहेको व्यक्ति पागल लाग्छ ।

सजिलो जीवन चाहन्छौ ? त्यसो हो भने, सधै भेंडाको बथानमा बस र त्यही हराऊ ।

तिमीसंग तिम्रो तरिका हुन्छ र मसंग मेरो तरिका हुन्छ । सही तरिका, गलत तरिका, एउटा मात्र तरिका भन्ने हुँदैन ।

जुन व्यक्ति आफ्नो दिमाग र मनले दिएको अर्डरमा हिंड्दैन, ऊ अरुले दिएको अर्डरमा हिंड्नुपर्छ ।

जुन रुख स्वर्गतिर बढिरहेको हुन्छ, त्यो रुखको जरा नर्कतिर हुर्किएको हुन्छ ।

जुन कुराले हामीलाई मार्दैन, त्यसले हामीलाई बलियो बनाउँछ ।

तिमी भित्रको आगोमा पहिले तिमी आफू जल्न तयार बन ।

रमाएर जिउन सिक । यो कुनै रिहर्सल होइन ।

संसारमा दुई किसिमका मान्छे हुन्छन्, एकथरी जसले बुझ्न चाहन्छन् र अर्कोथरी जो विश्वास गरेर बस्छन् ।

जबसम्म सबै मान्छेले तिमीलाई माया र प्रशंसा गर्छन्, सम्झ कि, त्यतिबेलासम्म तिमी आफ्नो बाटोमा होइन अरु कसैको बाटोमा हिंडेको छौ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text