स्वामी विवेकानन्द गाउँ भ्रमणमा थिए । उनलाई भेट्न र ज्ञानका कुरा सुन्न, आफ्ना जिज्ञासा राख्न मानिसहरु उनको समिप आइरहेका थिए । त्यसैबेला एकजना व्यक्तिले उनलाई सोधे, ” व्यक्तिले जस्तो संगत गर्यो त्यस्तै बन्छ भन्छन् । के साँच्चै यस्तो हुन्छ, गुरुदेव ? “।
प्रश्न सोध्ने व्यक्तिलाई सम्झाउँदै विवेकानन्दले भने, ” आकाशबाट पानी पर्दा तिमीले अञ्जुलीमा थाप्यौ भने त्यो पानी पिउन योग्य बन्छ । यदि त्यो पानी फोहोरमा पर्छ भने त्यो पानीले तिमीले खुट्टा धुन पनि सक्दैनौ । यदि त्यो पानी तातो ठाउँमा पर्यो भने त्यो पानी त्यहीं हराउँछ । यदि कमलको फूलमा त्यो पानीको थोपा अडियो भने मोती जसरि चम्किन्छ र यदि ओइस्टरमा पर्यो भने त्यो मोती बन्छ । त्यो पानीको थोपा उस्तै हो, उही ठाउँबाट र उही तरिकाले आएको हुन्छ । तर थोपा कहाँ गएर बस्छ भन्ने कुराले फरक पर्छ ” ।
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :