भारतलाई स्वतन्त्रता दिलाउनको लागि अंग्रेज विरुद्ध लड्ने महात्मा गान्धी विश्वमै महान व्यक्तिका रुपमा चिनिन्छन्। उनी अहिंसा र शान्ती आन्दोलनबाट नै अंग्रेजहरुको शासन ढाल्ने व्यक्तिका रुपमा प्रसिद्ध छन्।

महात्मा गान्धीका प्रसिद्ध भनाइहरु

जहाँ माया हुन्छ, त्यहाँ नै जीवन हुन्छ ।

तिमीले मेरो शरीरलाई हानी पुर्याउन सक्छौ, नाश गरिदिन सक्छौ । तर मेरो दिमागमाथि कब्जा जमाउन सक्दैनौ ।

केही कुरामा विश्वास गर्नु तर त्यो कुरा आफ्नो जीवनमा नअपनाउनु भनेको बेइमान बन्नु हो ।

पहिले उनीहरुले तिमीलाई बेवास्ता गर्छन् । त्यसपछि उनीहरु तिम्रो कुरामा हाँस्छन् । तर, जब तिमी बलियो देखिन्छौ उनीहरु तिमीसंग लड्न आउँछन् र तिमीले जित्छौ।

म कसैलाई पनि फोहोर पाइताला लिएर मेरो दिमागमा हिंड्ने अनुमति दिन्न ।

जबसम्म तिमीले आत्मसमर्पण गर्दैनौ, तबसम्म कसैले पनि तिम्रो आत्मसम्मानमा चोट पुर्याउन सक्दैन ।

व्यक्तिको कामबाट उसका प्राथमिकताहरु पहिचान गर्न सकिन्छ।

मेरो लागि धार्मिक व्यक्ति त्यही हो, जसले अरुको दु:खलाई बुझ्छ ।

जब तिमीले सोंच्ने कुरा, भन्ने कुरा र गर्ने कुरा एकै लयमा बग्छन् , तब खुशी मिल्छ ।

तिमीले संसार जस्तो देख्न चाहन्छौ, त्यस्तै देख्नको लागि तिमी आफैले परिवर्तनको लागि अगाडी बढ्नुपर्छ।

हरेक रात जब म निदाउँछु म मर्छु र हरेक बिहान जब म उठ्छु , म फेरी जन्मिन्छु ।

शक्ति शरीरको बलियोपनबाट होइन, इच्छाशक्तिबाट आउँछ।

शिक्षित व्यक्तिको कठोर मन देख्दा मलाई सबैभन्दा बढी दुख लाग्छ ।

भगवानको कुनै धर्म हुँदैन ।

सभ्य र इमान्दार रुपमा गरिने अस्वीकृति भनेको प्रगतिको संकेत हो।

प्रयासमा सन्तुष्टी मिल्छ। शतप्रतिशत प्रयासले विजय दिलाउँछ।

तिमीले गर्नुपर्ने काम महत्त्वपूर्ण हुँदैनन्। तर, तिमीले जे गर्छौ, त्यो काम महत्त्वपूर्ण हुन्छ।

व्यक्तिको सही परिचय उसका सोंचहरुको उत्पादनबाट बनेको हुन्छ।

जसले इच्छाशक्ति देखाउंछ र सकारात्मक सोंच राख्छ, उसले आफ्नो भित्रि मनको कुरा सुन्न सक्छ।

केही कुरामा विश्वास गर्नु तर त्यसलाई आफ्नो जीवनमा लागु नगर्नु भनेको बेइमानी हो।

कामको संख्याले होइन, हामीले गरेको कामको गुणस्तरले भगवान खुशी हुन्छन् ।

जसलाई कसरि सोंच्नुपर्छ भन्ने थाहा छ, उनीहरुलाई शिक्षकको आवश्यकता पर्दैन।

असल व्यक्ति सबै प्राणीको असल साथी बन्न सक्छ।

मेरो जीवन नै मेरो संदेश हो।

व्यक्तिले मान्ने धर्म, ऊ आफू बाहेक अरुको लागि सरोकारको विषय बन्नुहुन्न।

बाँच यसरि की मानौं, तिमी भोलि नै मर्नेछौ । र, सिक यसरी की मानौं, तिमी सधैभरि बाँच्नेछौ।

सुन चाँदी होइन, स्वास्थ्य तिम्रो सबैभन्दा ठूलो धन हो।

केही गर्नु छ भने मन भित्रैदेखि गर या त गर्दै नगर ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text