नाइजेरियाको सानो गाउँका महम्मद अबब्करले हाइ स्कुलको पढाइ सकेपछि कलेज भर्ना हुन चाहन्थे । तर भर्नाको लागि आवश्यक शुल्क लगायतका कुराहरु समयमा नबुझाएका कारण कलेजले उनलाई भर्ना लिन मानेन ।

भर्नाको लागि समय गइसकेको थियो । घरमा खाली बस्नुभन्दा उनी कामको खोजीमा निस्किए र एयरपोर्टमा सरसफाई कामदारको रुपमा जागिर पाए । उनको तलब दैनिक १ डलर भन्दा पनि कम थियो । तर उनले काममा निकै मेहनत गरे । उनको कामको मेहनत देखेर उनलाई क्याबिन क्रिउमा काम गर्ने अवसर दिइयो । उनको तलब पनि केही बढ्यो । त्यसमा पनि उनले यति मेहनत गरे कि, उनलाई फ्लाइट एटेनडेन्टको काम दिइयो । उनको तलबमा पनि ठूलो वृद्धि भयो । तर मोहम्मदको सपना यति मात्र थिएन ।

मोहम्मदको काम र व्यवहारले गर्दा उनका म्यानेजिङ्ग डाइरेक्टरले पनि सहयोग गरे । कामबाट बचत गरेको पैसा र आफ्नो सपना बोकेर मोहम्मद पाइलट ट्रेनिंगको लागि क्यानडा गए । ट्रेनिंग सकेपछि उनले प्राइभेट पाइलटको लाइसेन्स पाए । तर पनि अझै उनको सपना पूरा भएको थिएन । त्यसपछि निरन्तरको प्रयास र मेहनतले व्यवसायिक पाइलटको लाइसेन्स पाए, जुन उनको सपना थियो ।

व्यवसायिक पाइलटको लाइसेन्स पाएपछि मोहम्मद नाइजेरियाकै कम्पनी अजमान एयरमा आबद्ध भएका छन् । उनी एयरपोर्टमा काम सुरु गरेको २४ वर्ष पछि पाइलट बनेका हुन् ।

Source : elitereaders

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text