लाओ त्सु चिनियाँ दार्शनिक तथा लेखक हुन् । उनलाई ताओ दर्शनका पिता मानिन्छ । ताओले प्रकृति र ब्राह्माण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सूक्ष्म बोधको जीवन र समाज चलाउन सिकाउँछ ।

लाओ त्सुका जीवनोपयोगी भनाइहरु

समय भनेको आफूले सिर्जना गर्ने कुरा हो । कसैले ‘मसंग समय छैन’ भन्छ भने त्यसको अर्थ हो कि, उसले समय निकाल्न चाहँदैन ।

बुद्धिमान व्यक्तिले बीऊमा सम्भावना देख्छ ।

जो व्यक्तिले अरुलाई जित्छ, त्यो बलियो बन्छ । तर जो व्यक्तिले आफूलाई जित्छ, त्यो शक्तिशाली बन्छ ।

पानी भन्दा नरम केही पनि हुँदैन । तर त्यही पानीले सबैलाई जित्न सक्छ ।

केही नजान्दा पनि आफूले जानेको छु भनेर सम्झिनु भनेको रोग हो ।

डर एउटा भ्रम हो । र, त्यो भन्दा ठूलो भ्रम अरु केही पनि छैन ।

अरुले के सोंच्छन् भनेर बस्छौ भने तिमी उनीहरुको कैदी बनेर जीवन बाँचिरहेका छौ ।

धनी व्यक्ति त्यो हो, जो सन्तुष्ट रहन सक्छ ।

अनावश्यक कुराहरु सोंच्न छोड्यौ भने तिम्रा धेरै समस्याहरु आफै हराएर जानेछन् ।

गहिरो प्रेम पाएको व्यक्ति बलियो हुन्छ । गहिरो प्रेम गर्ने व्यक्ति उत्प्रेरित हुन्छ ।

जो सच्चा लडाकु हो, त्यो व्यक्तिले आफ्नो रिसलाई पनि जित्न सक्छ ।

सफलता पनि असफलता जत्तिकै खतरनाक हुन्छ ।

सुस्त गोरुले भन्दा हिंडिरहेको एउटा कमिलाले धेरै गर्न सक्छ ।

जो व्यक्ति प्रेरित भएको हुन्छ, त्यो व्यक्ति मर्ने हिम्मत गर्न सक्छ । तर जो व्यक्ति भित्रै देखि उत्प्रेरित हुन्छ, त्यो व्यक्ति बाँच्ने हिम्मत गर्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text