कोबे ब्रायन्ट प्रसिद्ध अमेरिकी खेलाडी हुन् । अमेरिकी बास्केटबलका ‘महान’ खेलाडी कोबे ब्रायन्टको अमेरिकी प्रान्त क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटनामा परेर २०२० जनवरी २६ मा निधन भएको छ । उनको जन्म २३ अगस्ट १९७८ मा भएको थियो ।

कोबे ब्रायन्टका प्रेरक भनाइहरु

यदि तिमी ‘असफल हुन्छु कि ‘ भनेर डराउँदै पाइला चाल्छौ भने तिमी असफल हुन्छौ नै !

सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूले निरन्तर प्रयास गर्नु र अरुलाई प्रेरित गर्नु हो ।

दु:ख, चुनौती, दबाब, तनाव जस्ता सबै नकारात्मक कुराहरु व्यक्तिलाई माथि उठाउने अवसर हुन् ।

म अल्छी मान्छेहरुसंग नजिकिन सक्दिन । उनीहरुको र मेरो भाषा नै फरक हुन्छ ।

जब तिमीले असफलतालाई महसुस गर्छौ, तब तिम्रो दृढताले सफलतालाई पछ्याउन थाल्छ ।

आमा-बुवा मात्र यस्ता व्यक्तिहरु हुन् जो तिमीले हारेपनि या जितेपनि तिमीसंगै हुन्छन् ।

हरेक व्यक्ति डराउँछ, अनिन्द्रामा रात बिताउँछ, आत्मविश्वासमा कमी आउँछ । फरक यो हो कि, व्यक्ति त्यो कुरालाई पछाडी छोडेर उठ्छ, या त्यो कुरासंगै बसिरहन्छ ।

तिमी आफूले हार मान्नु भनेको तिमीले अरु कसैलाई विजेता घोषित गरिदिनु हो ।

यदि तिमीले आफूलाई विश्वास गर्दैनौ भने अरु कसैले पनि तिमीलाई विश्वास गर्दैन ।

मनमा कुरा खेलाएर र नकारात्मक कुरा सोंचेर नबस । जीवन छोटो छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text