मानिसले आफ्नो कडा परिश्रमले आर्जन गरेको शिक्षा, उसले कार किन्नु बराबर हुन्छ

परिचय

आडम स्मिथलाई “आधुनिक अर्थशास्त्रका पीता भनिन्छ । उनलाई पूंजीवादको बाईबलका रुपमा लिईने  “वेल्थ अफ नेशन” पुस्तकको लेखकको रुपमा समेत चिनिन्छ राजनीतिक विज्ञान र अर्थशास्त्रका ज्ञाता आडम स्मिथको जन्म सन् १७२३, जुन १६ मा भएको थियो ।

प्रारम्भिक जीवन

आडम स्मिथ स्कटल्याण्डमा जन्मेका थिए । पेशाले वकिल आडमका बाबुको उनि जन्मेको दुई महिना पछि नै मृत्यु भएको थियो । त्यसैले उनि आमाको बिशेष नजिक हुन पुगे। आमाले आडमलाई स्कटल्याण्डकै सबैभन्दा महँगो स्कुलमा पढाइन् । स्कुलमा उनले विशेष गरि गणित र ईतिहास विषय पढे। चौध वर्षको उमेरमा आडमले युनिभर्सिटी अफ ग्लास्गोवमा दर्शनशास्त्र पढेका थिए । त्यहाँ पढ्दा उनले “फ्री स्पीच” दिन सिकेका थिए । त्यसपछि उनि युरोपेली साहित्य पढ्न अक्सफोर्डमा भर्ना भए जहाँ छात्रवृत्ति पाउने उनि पहिलो विद्यार्थी थिए। आडम स्मिथको एक्लै बोल्ने बानी थियो । भनिन्छ, उनि धेरै जसो समय कल्पनाको दुनियामा हुन्थे । कहिलेकाहीं बिना उद्देश्य एकसुरमा कतै हिंड्ने उनलाई धेरै मानिसहरुले एक्लै हाँसिरहेको अवस्थामा समेत भेटेका थिए । त्यसैले स्मिथलाई केही मानिसहरुले पागलको संज्ञा समेत दिन्थे ।

दार्शनिक यात्रा

स्नातक पूरा गरिसेकपछी आडम स्मिथले सार्वजनिक प्रवचन दिन थाले र त्यहि प्रवचनले उनको भेट दार्शनिक डेविड हम संग भयो । हम संग उनले राम्रो सम्बन्ध स्थापित गर्दै दुई जना मिलेर उनीहरुले राजनीति, ईतिहास, धर्म र अर्थशास्त्रका बारेमा लेखे । त्यसपछि उनले ग्लास्गोवमा नैतिक दर्शन विषयको अध्यापन गरे । यसै समयमा उनले “थ्योरी अफ मोरल सेन्टिमेन्ट्स” पुस्तक लेखेका थिए । सन् १७६३ मा आडमले त्यहाँ अध्यापन गर्न छोडेर निजि ट्युसन दिन थालेका थिए । सन् १७७५ मा आडम लण्डनको लिटरेरी क्लबको सदस्य बने र अर्को वर्ष “वेल्थ अफ नेशन” पुस्तक निकाले जुन अत्यधिक सफल भयो। सन् १७७८ मा आडम आमा बसेको ठाउँ फ्रान्स फर्के र विभिन्न पदमा रही काम गर्न थाले ।

सफलता

सन् १७५९ मा प्रकाशन भएको “द थ्योरी अफ मोरल सेन्टिमेन्ट्स” र सबै भन्दा बढी बिक्रि हुने पुस्तकमा पर्ने सन् १७७६ मा पहिलो पटक प्रकाशित “वेल्थ अफ नेशन” आडम स्मिथ्का सफल पुस्तकहरु हुन् जसमध्ये “वेल्थ अफ नेशन” लाई पूँजीवादको बाईबलको रुपमा लिईन्छ । स्मिथको सबै भन्दा ठूलो सफलता भनेको उनले पाएको “आधुनिक अर्थशास्त्रका पीता” को उपमा हो । सन् १७९० मा ६७ वर्षको उमेरमा आडमको मृत्यु भएको हो  ।   

हामीले उपलब्धिहरु पैसामा मापन गर्छौं  । तर सबैभन्दा ठूलो उपलब्धि सिकाई तथा ज्ञान हो, जसले हामीलाई जीवनभर फाईदा दिन्छ । अर्को कुरा, कुनै पनि काम तथा कडा परिश्रमले दिएको अनुभव भनेको प्रयोगात्मक ज्ञान हो हुन् हामीले आर्जन गर्ने सैद्धान्तिक शिक्षा भन्दा कैयौं गुणा ठूलो हुन्छ । त्यही मेहनत, अनुभव र सिकाईले नै सफलतालाई सहज बनाउँछ  ।

सबैभन्दा ठूलो गरिबी भनेको आकांक्षा र उद्देश्यको अभाव हुनु हो 

मानिसले केहि प्राप्त गर्न चाह्यो भने उसले त्यो प्राप्त गरि छाड्ने उद्देश्य लिन्छ र त्यसको लागि परिश्रम गर्छ  । उक्त परिश्रमले नै मानिसलाई धन, प्रतिष्ठा दिलाउँछ  । तर यदि मान्छेले कुनै उद्देश्य नै राख्दैन, आफ्नो वर्तमान दैनिकीलाई नियतिको रुपमा स्वीकार गर्दै भावी योजनाहरुको खाका कोर्दैन भने ऊ सफल हुन सक्दैन  । त्यसैले भन्नेले महत्वकांक्षा भनुन्, तपाईंले आकांक्षाहरु राख्नुहोस्, उद्देश्य बनाउनुहोस् र कोर्नुहोस् योजनाको ड्राफ्ट ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text