युवा उमेरमा पढ्दा पढ्दै हाइ स्कुल छोडेकी र्यान्देक गोनयामाले लामो समयको ग्याप पछि आफ्नो सपनालाई पछ्याउने निर्णय गरिन् । दक्षिण अफ्रिकाकी गोनयामा ४० वर्षको उमेरमा फेरी हाइ स्कुल भर्ना भइन् ।

४० वर्षको उमेरमा हाइ स्कुल भर्ना भएकी उनी ४३ वर्षको उमेरमा पास भइन् । गोनयामा नर्स बन्न चाहन्थीन् । त्यसैले भर्नाको लागि कैयौं कलेजमा प्रयास गरिन् , तर असफल भइन् ।

नर्सको लागि भर्ना नपाएपछि उनी Tshwane University of Technology मा इलेक्ट्रिकल इञ्जिनियरिङ्गमा भर्ना भइन् । पढाइको क्रममा आर्थिक कठिनाइ भयो, विभिन्न बाधा आए । स्मरणशक्तिमा बढी जोड दिनुपर्यो । कडा मेहनत गर्नुपर्यो । अर्कोतर्फ, आफूभन्दा धेरै कम उमेरका विद्यार्थीहरुसंग पढ्नुपर्ने, उनीहरुकै लयमा हिड्नुपर्ने चुनौती थियो । तर उनले हार मानिनन् ।

चुनौतीको सामना गर्दै पढाइलाई निरन्तरता दिएकी गोंनयामाले ६४ वर्षको उमेरमा इञ्जिनियरिङ्ग डिप्लोमा पास गरेकी छिन् । युनिभर्सिटीले आफ्नो फेसबुक पेजमा गोनमायाको कथा पोस्ट गर्दै उनी सबैको लागि प्रेरणा भएको बताएको छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text