नियमित किताब पढ्ने व्यक्तिको आयू लामो हुन्छ । Social Science & Medicine मा २०१६ मा प्रकाशित एक अनुसन्धानको नतिजाले यस्तै बताउँछ ।

अनुसन्धानमा ३६ सय व्यक्तिको पढ्ने बानीमाथि अध्ययन गरिएको थियो । अमेरिका स्थित Yale University School of Public Health ले गरेको उक्त अनुसन्धानले दिनहुँ कम्तिमा ३० मिनेट किताब पढ्ने व्यक्तिको आयु २ वर्ष लम्बिन सक्ने बताउँछ । त्यस्ता व्यक्तिहरु चांडै मर्ने सम्भावना अरु व्यक्तिको तुलनामा २३ प्रतिशतले कम हुन्छ । तर, पत्रपत्रिका या म्यागजिन पढेर हुँदैन, किताब नै पढ्नुपर्छ ।

अनुसन्धानकर्ता तथा विशेषज्ञहरुका अनुसार, नियमित किताब पढ्नाले दिमाग सधै सक्रिय रहन्छ, निर्णय गर्ने क्षमता बढ्छ, सकारात्मक सोंचमा वृद्धि हुन्छ, राम्रा बानीको विकास हुन्छ । यसले गर्दा ऊ मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त हुन सक्छ र आयू लामो हुन्छ ।

Source : Reader’s Digest

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text