माइकल जोर्डन उत्कृष्ट बास्केटबल खेलाडी हुन् । तर यो उत्कृष्टताको पछाडीको संघर्षको कथा भने निकै कमलाई मात्र थाहा छ ।

माइकल जोर्डनले राम्रो खेल प्रदर्शन नगरेका कारण विद्यालयको बास्केटबल टीमबाट उनलाई हटाइएको थियो । तर उनले खेलाडी बनेरै छाड्ने अठोटका साथ त्यो घटनाले दिएको चोटलाई आफ्नो लगनशीलताको लागि मूख्य हतियार बनाए र खेललाई निरन्तरता दिइरहे ।

जोर्डनले आफ्नो खेलमा ९ हजार सट ‘मिस’ गरे । उनले ३ सय खेल हारे । उनले पटक- पटक हारे । सयौंले उनको मजाक उडाए । तर पनि सफल खेलाडी बनेरै छाड्ने आफ्नो अठोटलाई जोर्डनले कहिल्यै डग्मगाउन दिएनन् र अन्तत : सफल खेलाडीका रुपमा विश्वमै आफ्नो नाम फैलाए ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text