राजा अकबरले बीरबललाई सधै प्रश्नहरु सोधेर उनको बुद्धिको परिक्षा लिन्थे । एकदिन अकबरले बीरबललाई भने, ” यो भित्तोमा एउटा यस्तो वाक्य लेख, जुन वाक्य दु:खको बेलामा पढ्दा मलाई खुशी मिलोस् र खुशीको बेला पढ्दा दु:ख लागोस् ” ।
बीरबलले भित्तामा लेखिदिए , ” यो समय बितेर जानेछ ” ।
दु:खको समयमा हामी अत्तालिंछौँ र सुखको समयमा हाम्रो अहम् बढ्छ । तर दु:ख र सुख कुनै पनि समय सधैभरि रहिरहन्न । त्यसैले दुवै परिस्थितिमा हामी संयम रहेर अगाडी बढ्नुपर्छ ।
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :