हरेक कुरा हामीले चाहे जस्तो, सोंचे जस्तो हुँदैन । त्यसैले कहिलेकाहीं हामी गुनासो गर्छौं, केही कुरा या व्यक्तिमा खोट देखाउँछौं । तर, हामी मध्ये केहीको बानी सधैजसो अरुलाई दोष लगाउने, गुनासो गरिरहने, अरु व्यक्ति या कुनै पनि कुरामा खोट खोज्ने बानी नै हुन्छ । यदि तपाईं पनि यस्तो गरिरहनुहुन्छ भने आफ्नो बानी सुधार्नुहोस् ।

Stanford University ले गरेको अनुसन्धानको नतिजा अनुसार, यस्तो बानी भएका व्यक्तिको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ । गुनासो गरिरहँदा दिमागमा तनावका हार्मोनहरु बढी मात्रामा उत्पन्न हुन्छन् र ती हार्मोनहरुले दिमागमा समस्या उत्पन्न गरिदिन थाल्छन् ।

अर्कोतर्फ, गुनासो गर्ने, अरुमा दोष थुपार्ने र खोट लाउने गर्दा व्यक्तिले आफूलाई सुरक्षित महसुस गर्छ । उसले समस्याको समाधान निकाल्नुभन्दा पनि गुनासो गर्नु र दोष लगाउनु सजिलो मान्न थाल्छ । उसले हरेक काममा बाहना बनाउन थाल्छ । जसले गर्दा ऊ अल्छी , नकारात्मक सोंचको थुप्रो बन्छ र जीवनमा प्रगति गर्न सक्दैन ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text