कुनै समस्या आउँदा हामीलाई अब अगाडी बढ्न सकिंदैन कि जस्तो लाग्छ । डिप्रेसन महसुस हुन थाल्यो भने जीवन नै सकियो भन्ने लाग्छ । तर जबसम्म व्यक्तिको इच्छाशक्ति मर्दैन , तबसम्म ऊ लडेर पनि उठ्ने हिम्मत गर्छ ।
भारतकी इशा ओब्रोएको परिवार सन् १९९१ मा अष्ट्रेलिया बसाई सरेको थियो । जब इशा २२ वर्षकी थिइन् , तब उनको विवाहको कुरा चल्यो । तर विवाहको तयारी भएपछि केटा पक्षबाट विवाह रद्द भएको समाचार आयो । उनलाई आफूमा केही कमी रहेछ कि भन्ने लाग्यो । यसले उनमा निराशा छायो । एक्लो महसुस गर्न थालिन् ।
त्यसको केही समयपछि उनी अर्को प्रेमसम्बन्धमा रहिन् । उक्त सम्बन्धमा उनले मानसिक र शारीरिक हिंसा भोग्नुपर्यो । सम्बन्ध लामो समय टिकेन तर चोट रहिरह्यो । उनी डिप्रेसनमा गइन् । उनलाई आफू डिप्रेसनमा छु भन्ने सम्म थाहा भएन । उनी आफै संग लडिरहेकी थिइन् । जब उनले आफूलाई सम्हालेर परिवारसंग कुरा गरिन् , तब उनमा विस्तारै परिवर्तन आयो । उनलाई दिमागमा धेरै कुरा आउन नदिनको लागि काममा व्यस्त हुनुपर्छ भन्ने लाग्यो र कामको खोजी गर्न थालिन् ।
इशाले स्थानिय नर्सिङ्ग होममा काम गर्न थालिन् । त्यही काममा उनले आफूलाई भेट्न थालिन् । वृद्ध वृद्धाको हेरविचारको बारेमा , उनीहरुमा आउने विचार र भावनाको बारेमा उनले धेरै भन्दा धेरै अध्ययन गर्न थालिन् । त्यसपछि उनले आफ्नो जीवनको गन्तव्य भेटिन् ।
इशाले नर्सिङ्ग होमको काम छोडीन् र आफ्नै प्राइभेट केयर बिजनेस संचालन गर्न थालिन् । उनलाई जीवनमा केही बन्नु थियो , आफ्नो परिचय बनाउनु थियो । त्यसैले जस्तोसुकै जोखिम मोल्न पनि तयार भइन् र Afea Care Services लाई व्यवस्थित तरिकाले अगाडी बढाउन लागि परिन् । यसमा उनको कामको अनुभव , परिवारको साथले थप सहयोग पुग्यो । त्यस्तै टिम निर्माण गर्दा पनि उनले दिर्घकालिन रुपमा सोंचेर बलियो टिम निर्माण गरिन् ।
अहिले १० मिलियन डलरको कारोबार रहेको Afea Care Services मा ३४ जना फुल टाइम र ३ सय जना पार्ट टाइम काम गर्छन् । सिड्नीमा बस्दै आएकी ३४ वर्षिया इशा अहिले सफल व्यवसायीको रुपमा अगाडी बढिरहेकी छैन । साथै उनी श्रीमान र दुई सन्तानको साथमा खुशी जीवन बिताइरहेकी छिन् ।
Source : SBS News