बाराक ओबामा प्रसिद्ध राजनीतिज्ञ तथा अमेरिकाका भूतपूर्व राष्ट्रपति हुन् । उनी अमेरिकाका प्रथम अश्वेत (अफ्रीकी अमेरिकी) राष्ट्रपति हुन्। अमेरिकाका ४४ औं राष्ट्रपति ओबामाको जन्म सन् १९६१ अगस्ट ४ का दिन भएको थियो ।
बाराक ओबामाका प्रेरक भनाइहरु
- यदि तिमी आफ्नो मनले रोजेको सही बाटोमा हिंडिरहेको छौ र अझै हिंड्ने चाहना राख्छौ भने, यो निश्चित छ कि, तिमीले प्रगति गर्दैछौ ।
- आवश्यक कदम उठाउनको लागि यदि तिमीले अरु कोही व्यक्ति वा समयलाई पर्खिन्छौँ भने, परिवर्तन कहिल्यै पनि आउंदैन।
- हामीले यसरि काम गरेर आफ्नो देश बनाउनुपर्छ की, हाम्रा बच्चाहरुले आफ्नै देशमा उनीहरुको आशा अनुसारको जीवन पाउन् ।
- निन्दनीय शब्दहरु वा भाषणको विरुद्धमा दमन होइन, भाषण नै प्रयोग गर्नुपर्छ।
- जीवनको कुनै पनि मूल्यवान चिज प्राप्त गर्न सजिलो छैन ।
- हामी भविष्य देखि डराउने होइन, भविष्यलाई आकार दिने बन्नुपर्छ ।
- प्रगतिको बाटो कहिल्यै पनि सिधा र सजिलो हुँदैन ।
- एकजना मानिसको आवाजले पुरै कोठा भरिको माहोल परिवर्तन गरिदिन सक्छ।
- यदि तिमीले कडा मेहनत गर्दै आफ्नो दायित्व पूरा गर्न थाल्छौ भने, तिमीले कसरि सुरु गर्यौ र को थियौ भन्ने कुराले असर गर्दैन । तिमी धेरै अगाडी बढ्न सक्छौ।
- संसारमा आफ्नो प्रभाव छोड्न, आफ्नो नाम बनाउन त्यति सजिलो थियो भने, सबैले बनाउने थिए । त्यसको लागि त मेहनत, लक्ष्य, दृढता, धैर्यता, आत्मविश्वासको आवश्यकता पर्छ ।
- प्रत्येक महिला स्वतन्त्र तरिकाले हिंड्न पाउनुपर्छ । प्रत्येक महिलालाई आदरका साथ व्यवहार गरिनुपर्छ।
बाराक ओबामाको जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :