ज्ञानको लागि किताबमा आँखा मात्र नडुलाऊ, तिम्रो वरिपरि भएका प्रत्येक वस्तु ज्ञानका भण्डार हुन्

परिचय

विलियम गिल्बर्ट चुम्बकीय शक्तिका अनुसन्धानकर्ता हुन् उनि चुम्बक , बिजुली इलेक्ट्रिकल इञ्जिनियरिङ्गका पिता मानिन्छन् खगोल विज्ञानका समेत ज्ञाता मानिने गिल्बर्टको जन्म सन् १५४४ मे २४ मा भएको थियो

प्रारम्भिक जीवन

विलियम गिल्बर्टको जन्म बेलायतमा भएको हो उनले क्याम्ब्रिजको सेन्ट जोह्न स्कुलबाट प्रारम्भिक शिक्षा लिए स्कुलको विद्यार्थी जीवनमानै उनि विज्ञान प्रति रुचि राख्थे। उनले युनिभर्सिटी अफ क्याम्ब्रिजबाट एमडी गरेका थिए औषधि प्रतिको आफ्नो ज्ञान बढाउनको लागि गिल्बर्टले विद्यार्थी जीवनमै त्यस सम्बन्धि जागिर गर्न थालेका थिए

वैज्ञानिक यात्रा

आफ्नो करियरको सुरुवात विलियम गिल्बर्टले सन् १५७३ मा फिजिसियनको कामबाट गरे। त्यसपछि उनले आफ्नो जागिरलाई निरन्तरता दिंदै आफ्नो रुचिको कशेत्रको अनुसन्धानमा लागे अनुसन्धानको फल स्वरुप सन् १६०० मादि म्याग्नेट‘ , ‘म्याग्नेसटिक कर्पोरिबस‘, ‘म्यग्नो म्याग्नेट टेलरप्रकाशन गरे जसमा विद्दुतीय आकर्षण चुम्बकीय शक्तिमा उनले गरेको अनुसन्धान थियो त्यसपछि उनले पृथ्वीको मोडलतेरेलाबनाएर खगोलिय अध्ययन सुरु गरे जसबाट उनले पृथ्वीको चुम्बकीय शक्ति तथा उत्तरी ध्रुव दक्षिणी ध्रुवबारे पत्ता लगाए यसका साथै उनले ताराहरुको अवस्थितिबारे समेत पट्ट लगाएका थिए। त्यसपछि गिल्बर्टले विद्दुत मापन गर्ने यन्त्रइलेक्ट्रोसकोपको आविष्कार गरे। उनका अनुसार चुम्बकीय शक्ति विद्दुतीय शक्ति फरक हुन् त्यस्तै उनले भने अनुसार तापमा विद्दुत बिलाउँछ भने चुम्बकीय शक्ति बिलाउँदैन। जुन पछि गलत सावित भयो अधिकतम समय अनुसन्धानमै बिताएका गिल्बर्टले जीवनको उत्तरार्धमा क्विन एलिजाबेद पहिलोको फिजिसियन भेरा काम गरे भने रानीको मृत्यु पछि किङ्ग जेम्स पहिलोको फिजिसियन भएर काम गरे

सफलता

विद्दुतीय शक्ति चुम्बकीय शक्तिको अनुसन्धान उनको जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। त्यस्तै चुम्बक , बिजुली इलेक्ट्रिकल इञ्जिनियरिङ्गका पिता मानिनु उनको सफलता हो जसले गर्दा सन् १६०३ मा मृत्यु भएका उनलाई आज समेत हामी सम्मानका साथ पछ्याईरहेका छौं उनका नाममा थुप्रै स्कुल तथा युनिभर्सिटीहरु छन् विश्वका विभिन्न देशका विद्यालयका पाठ्यक्रममा उनको जीवनी समावेश गरिएको

ज्ञान शिक्षाको लागि हामी भौतारिरहेका हुन्छौं हामीलाई लाग्छ की औपचारिक शिक्षा जसले बढी हासिल गर्छ ज्ञानी हो। तर वास्तवमा हाम्रो वातावरण नै हाम्रो ज्ञानको भण्डार हुन सक्छ किताबमा लेखिएका हरेक कुराहरु हाम्रो वरिपरिको वातावरणबाट प्रतिपादन भएका हुन् यसको मतलब यो होईन कि, किताब पढ्न छोड्नुहोस् वातावरणमा मात्र केन्द्रित हुनुहोस् किताब पढ्नुहोस्, अरुका कुरा सुन्नुहोस् वातावरणलाई एक खुल्ला विश्वविद्यालयका रुपमा लिनुहोस् जसबाट तपाईंले नयाँ कुरा सिर्जना गर्न सक्नुहुन्छ

जीवन अवरोधहरुको समग्र रुप हो

हेर्नुहोस् , यति सफलता पाएका विद्दुत चुम्बकबारे पत्ता लगाएका व्यक्तिले पनि महसुस गरेका रहेछन्, भोगेका रहेछन् बाधाहरु तपाइंले प्रत्येक दिन एउटा एउटा बाधा वा अवरोध झेलिरहेको हुनसक्नुहुन्छ ती बाधाहरुले तपाईंलाई निराश बनाईरहेका हुन्छन् ती बाधाहरुसंग लड्ने हिम्मत गर्नुहोस्, कुनै कुराको आविष्कार गर्न नसकौला तर अरु कसैको लागि खुशीको, प्रेरणाको स्रोत बन्न सक्थ्यौं की हामी पनि ?

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text