डकैतीमा आरोपित एकजना अपराधीलाई, सजाय तोक्ने बेला भैरहेको थियो । न्यायधीसले ऊतिर हेर्दै भने, ” तिमीलाई केही भन्नु छ भने, भन । ” अपराधीले भन्यो, ” हजुर, मेरा आमाबाबालाई पनि जेलमा थुनियोस् । ”

न्यायाधीसले सोधे, ” किन ?” अपराधीले भन्यो,” म सानैमा, स्कुलबाट सिसाकलम चोरेर ल्याउथें । त्यो थाहा पाएर पनि मेरा बाबाआमाले केही भनेनन् । त्यसपछी मैले कलम र पुस्तकहरु चोरें । आमाबाबुले थाहा पाएर पनि बेवास्ता गरे र चोरिएका सामानहरुले मलाई खुशी दिए । उनीहरुले मलाई ‘चोर्नु गलत काम हो” भनेर कहिल्यै भनेनन् । त्यसपछि मैले छरछिमेकमा चोरी गर्न थालें, चोरेका सामानहरु छोरि गर्न थालें । उनीहरु केही नबोलेर मलाई ठूलो चोर बन्न हौसला मिल्यो । उनीहरुले मलाई यो दुर्गतीको लागि सघाइरहे । त्यसैले मेरा आमाबाबा पनि म जत्तिकै दोषी छन् । ”

अभियोगी त्यो युवक, यो तर्कले अपराधबाट मुक्त हुन पाउंदैन । तर, उसको तर्क एकदमै ठीक थियो । बच्चालाई जन्म दिनु मात्र सबैथोक होइन र बच्चाले जे चाहन्छ त्यो उपलब्ध गराउनु कर्तव्य होइन र बच्चा हुर्काउनु कुनै लोकप्रिय प्रतियोगिता होइन ।

स्रोत : तपाईंको जित, शिव खेडा

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text