जीवनमा सबै कुरा गुमेर, आत्मविश्वास र लक्ष्य प्रतिको दृढता गुमना भने मानिस फेरी उठ्न सक्छ भन्ने उदाहरण हुन्, अमेरिकाका ५५ वर्षीय माइकल भाड्रयुएल ।
माइकलले सुरुमा व्यापार गर्थे । उनको व्यापार यति सम्म सफल भएको थियो की, उनका आलिसान महल र महंगा गाडी थिए । आफ्नो आम्दानिसंगै खर्च गर्न नडराउने उनले विलासिताको जीवन जिउंथे। यत्तिकैमा बजारमा एका-एक मन्दी छाउन थाल्यो र सन् २००८ पछि उनको कम्पनी पूरै घाटामा गयो । उनले आफ्नो कम्पनी जोगाउन भएभरको सम्पत्ति बेचे । तर, कम्पनि बचाउन सकेनन् , उनको सम्पत्ति पनि सकियो, उनी टाट पल्टिए । कम्पनीको मालिकको परिचय र आलिसान महलको बसाइ गुमेर उनी फिरन्ते बने ।
परिवारप्रतिको जिम्मेवारीले गर्दा माइकलले अमेरिका स्थित एउटा कलेजमा सरसफाई कर्मचारी भएर काम गर्न थाले । काम खोज्न भौतारिंदा कहीं पनि आफूले काम नपाए पछि उनले न्यून तलबमा त्यो काम गर्न थालेका थिए । आठ वर्षसम्म सरसफाईको काम गर्दा उनले आफ्नो घर्किसकेको उमेरको प्रवाह नगरी त्यही कलेजमा भर्ना पनि भए र इञ्जिनियरिङ्गको डिग्री हासिल गरे। उनलाई त्यहाँ कर्मचारी भएका कारण नि:शुल्क पढाइको अवसर थियो र त्यो अवसरको भरपूर फाइदा उठाउँदै उनले ए ल्याएर डिग्री हासिल गरेका थिए ।
राम्रो अंक ल्याउंदा पनि काम नपाएपछि माइकलले त्यही सरसफाइको कामलाई नै निरन्तरता दिने निर्णय गरेका थिए । तर माइकलको यो संघर्षको कथालाई विषयवस्तु बनाएर ‘इन्डेपेन्डेन्ट डट को डट यूके’, बोस्टन ग्लोबलगायतका अखबार तथा अन्य अनलाइनमा अघिल्लो वर्ष समाचार सम्प्रेषण भए र ती समाचार भाइरल बने। त्यसपछि उनलाई देशभरिबाट काम गर्नका लागि प्रस्ताव आउन थाले । ‘द डेली हर्ड’ का अनुसार कन्नेक्टिकटस्थित प्रयाट एन्ट ह्वाइनी कम्पनीमा उनी जेट इन्जिनहरूको मर्मत गर्ने काम पाएका छन् । पछि उनले बोस्टनस्थित वेन्टवर्थ इन्टिच्युट अफ टेक्नोलजीबाट एरोनटिकल टेक्नोलजीबाट एसोसिएट डिग्री पनि हासिल गरे ।