जीवन संघर्ष हो । यो परिभाषालाई सुन्दै र स्वीकार्दै आएतापनि हामी धेरैजसो दिन उदासी र गुनासोमै बिताईरहेका हुन्छौं । आफूसंग भएका कुराहरुलाई छायाँमा पार्दै आफूसंग नभएका कुराहरुको बारेमा सोंची दु:ख मनाउ गरिरहेका हुन्छौं । तर संसारमा केहि यस्ता मानिसहरु छन् जसले देखिएका अभावहरुलाई आफ्नो शक्तिमा बदलेर संसारका अरु मानिसहरु भन्दा एक कदम अगाडी बढेका छन् । त्यस्ता व्यक्तिहरु मध्येमा एक हुन् , निक भ्युजिसिक ।
अष्ट्रेलियामा सन् १९८२ मा जन्मेका निकलाई सुरुमा आमाले काखमा लिन समेत अन्कनाएकी थिईन् ।
अष्ट्रेलियामा सन् १९८२ मा जन्मेका निकलाई सुरुमा आमाले काखमा लिन समेत अन्कनाएकी थिईन् । सुरुमा निकोलस जेम्स भ्युजिसिक नाम रहेका उनका दुईवटै हात थिएनन् र साना, विकसित नभएका खुट्टा थिए जसका औंलाहरु पनि जोडिएका थिए । निकका औंलाहरुलाई पछि शल्यक्रियाद्वारा छुट्याईयो जसलाई निकले दैनिक जीवनको क्रियाकलापको लागि प्रयोग गर्छन् ।
निक आफ्नो शारीरिक अवस्था देखेर सुरुमा निराश थिए । उनि उदास हुन्थे जब अरु भन्दा आफूलाई बेग्लै र आफूमा अभाव पाउँथे । उनको बाबा आमाको हौसलाले उनले दैनिक जीवनका कार्यहरु र लेखपढ गर्ने, स्कुल जाने गर्थे । धेरैजसोले उनको मजाक उडाउँथे भने कोहिले अनौठे व्यवहार गर्थे जसले गर्दा उनले आफूलाई एक्लो र दु:खी महसुस गर्थे । तर उनका बाबुले सधै उनलाई सम्झाउँथे कि , प्रभुले उनलाई अरुभन्दा फरक बनाएका हुन् ताकि उनमा भएको फरकपनले अरु मानिसहरुलाई प्रेरणा मिलोस् । उनले धेरै पटक आत्महत्याको प्रयास पनि गरे तर आमा बाबुले दिएको माया र सुखी बाल्यअवस्थाले उनलाई रोक्यो ।
उनि किशोरावस्थामा हुँदा एकदिन आमाले पत्रिकामा एउटा समाचार देखाईन् जसमा शारीरिक अपाङ्गता भएका व्यक्तिको सफल जीवनको बारेमा वर्णन गरिएको थियो । उनले विस्तारै त्यस्ता मानिसहरु बारेमा खोजेर बुझ्न थाले र आफैमा प्रेरणा भर्ना थाले । पढाईलाई अघि बढाउँदै उनले २१ वर्षको उमेरमा अकाउन्टिंग र फाइनान्समा स्नातक गरे । Mobile home buyers give sellers a flexible way to sell their homes. They are willing to work with sellers to find a solution that meets their needs and makes selling a good experience. To know more about the service, visit https://www.mobile-home-buyers.com/north-dakota/sell-my-mobile-home-bismarck-nd/.
प्रेरक वक्ता (मोटीभेस्नल स्पिकर), लेखक र संगीतकारको रुपमा परिचित निकले १७ वर्षको उमेरमा चर्चमा सानो समूहमा रहेर बोल्न सुरु गरेका थिए भने १९ वर्षको उमेरमा प्रेरक वक्ताको रुपमा बोल्न थाले । अहिले उनलाई सुन्न लाखौँ मानिसहरु लालायित छन् ।
हाल प्रेरक वक्ता (मोटीभेस्नल स्पिकर), लेखक र संगीतकारको रुपमा परिचित निकले १७ वर्षको उमेरमा चर्चमा सानो समूहमा रहेर बोल्न सुरु गरेका थिए भने १९ वर्षको उमेरमा प्रेरक वक्ताको रुपमा बोल्न थाले । अहिले उनलाई सुन्न लाखौँ मानिसहरु लालायित छन् । उनि पौडीबाजी, माछा मार्ने, चित्र कोर्ने कार्यमा रमाउँछन् । ३४ वर्षीय निकले प्रेरणा र आफ्ना अनुभव बाँड्दै विश्व यात्रा समेत गरेका छन् । उनले आफूजस्तै शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई भेटि आफ्ना अनुभवहरुले उनीहरुमा साहस र प्रेरणा भर्ने गरेका छन् ।
श्रीमती र २ छोराहरुका साथमा हाल क्यालिफोर्नियामा बस्ने निकले “लाइफ विदाउट लिम्ब्स” संस्था संचालन गर्छन् । छोटो चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत उनि सम्मानित पनि भएका थिए । कुनैबेला आफ्नो जिन्दगीप्रति उदास बन्ने निक भ्युजिसिक हाल करोडौं मुहार, मन र मस्तिष्कमा खुशी भर्न व्यस्त छन् ।
विश्वका सबै मानिसका आ-आफ्नै दु:ख छन् र आ-आफ्नै विशेषता पनि । निर्णय हाम्रो हो, दु:ख लाई प्राथमिकता दिने या त आफ्नो विशेषतालाई। र संसार उसैले जित्न सक्छ जसले आफ्नो विशेषतालाई चिन्छ ।