सबैभन्दा लामो वैवाहिक सम्बन्धको रेकर्ड राख्न सफल जोडीमा श्रीमानको निधन भएको छ । गुड न्युज नेटवर्कका अनुसार करम चन्द र कटारी विश्वमै सबैभन्दा लामो वैवाहिक सम्बन्धमा रहेको जोडीको रुपमा रेकर्ड राख्न सफल भएका हुन् ।

करम चन्दको १११ वर्षको उमेरमा सेप्टेम्बरमा यही हप्ता निधन भएको छ भने कटारी १०४ वर्षकी भएकी छिन् । ९० वर्ष जोडीको रुपमा बिताएका उनीहरुका ४ छोरा, ४ छोरी, २७ नातिनातिना र २३ पनाति पनातिना छन् ।

करम र कटारी सन् १९२५ मा भारतबाट बेलायत बसाइ सरेर बस्दै आएका थिए । उनीहरुका छोराछोरीका अनुसार पति-पत्नी एक अर्कालाई माया र सम्मान गर्थे, कहिल्यै झगडा गर्दैनथे र स्वस्थ थिए ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text