उड्नु छ उसलाई छुनु छ चन्द्र
त्यसैले त घस्रिदै छ ऊ, जोड्दै छ काटिएका पंख ।

उज्यालोको लडाईं, भविष्य देख्छ अँध्यारो
सुनौला किरणलाई भेट्न उसले, जुनकीरी पछ्यायो ।

उ देखिन्छ शान्त, अवस्था छ जटिल
मुस्कुराउँछ, चाहे समस्या होस जति नै कठिन ।

विषम परिस्थिति, कठोर छ परिक्षा
अब पासले मात्र हुदैन, जित्ने उस्को इच्छा ।

“आधी बाटो हिडिसके अब बाकी त हो नि आधा”
भन्दै सहन्छ र सामना गर्छ उ हर अड्चन अनि बाधा ।

कसैमा विश्वास गर्दैन, समाजको नियम उ मान्दैन
इतिहास लेख्छु भन्छ, भन्छ कुनै पन्ना खाली छाड्दैन ।

फरक सोचाई उसको, फरक नै छ विचार
वास्ता गर्दैन, जो सुकैले गरोस उसको सोंचमाथि प्रहार ।

– गोपाल सुवेदी

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text