केही समय अगाडी अमेरिकाको टेक्सास र गफ कोस्टमा आंधी आएको थियो, जसले गर्दा त्यहाँका धेरै मानिसहरु प्रभावित भए । मानवताको सच्चा परिक्षण अप्ठ्यारो समयमा गर्न सकिन्छ ।

आफ्नो मानवतारपी परिचय दिएका छन् , दुई दाजुभाई फेइ निग्युन र बिन निग्युनले । उनीहरु क्याफे संचलाक हुन् । आफ्नो खाना पकाउने कलालाई उनीहरुले समाजसेवामा लगाए ।

दुई दाजुभाइले तीन दिनमा पांच हजार जनालाई खाना खुवाए । त्यति मात्र होइन, त्यति ठूलो समाजसेवा गर्दा, उनीहरुले न त सामाजिक संजालमा कतै पोस्ट गरे, न त स्थानीय संचारमध्यमलाई नै बताए ।

उनीहरुको त्यो नि:स्वार्थ कामको केही दिनपछि फेइका छोरा केइथले आफ्ना बाबु र काकाको त्यो कामलाई सामजिक संजालमा राखिदिएपछि उनीहरुको नि:स्वार्थको सेवाको चर्चा चारैतिर हुन थालेको हो । केइथका अनुसार, आफ्ना बाबु र काकालाई नभनी उनले त्यो पोस्ट गरेका थिए र केइथले क्याफेका कामदारहरुको सहयोगमा उनीहरुले गरेको त्यो कामको संदेश समाजमा जाओस् भन्ने चाहन्थे । अहिले उनीहरुको त्यो नि : स्वार्थ भावलाई सबैले सम्मानका शब्द दिरहेका छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text