अकियो मोरिटाको नाम कमैले सुनेतापानी सोनी कम्पनिको नाम नसुन्ने हामीमध्ये सायदै छैनौं। सोनी कम्पनि विश्वकै ठूला कम्पनीहरु मध्येको एक हो । तर यो सफलतासम्म आइपुग्न भने अकियोले धेरै संघर्ष र असफलता भोगेका छन् ।

सोनी कम्पनीले पहिलोपटक राइस कुकर उत्पादन गरेको थियो । तर त्यो राइस कुकरले भात पकाउनुको साटो उल्टै चामल जलायो । र, त्यो राइस कुकर १ सय वटामात्र बिक्रि भएको थियो । ग्राहकहरुबाट अकियोले गालि खाए, मानिसहरुले अविश्वास गरे ।

अकियोले कहिल्यै पनि आफ्ना पाइला भने रोकेनन्। उनले सधै नयाँ प्रयोग गरे, असफलताबाट पाठ सिक्दै गल्तीहरुलाई सच्याउँदै गए र ‘सोनी’ लाई एउटा ब्राण्डको रुपमा स्थापित गराएरै छोडे ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text