थोमस अल्वा एडिसनले आफ्नो आविष्कारको माध्यमबाट संसारलाई उज्यालो बनाइदिए । बिजुलीको बल्ब बनाउने क्रममा समेत उनि हजारौं पटक असफल मानिएका थिए । स्कुलको शिक्षा केवल तीन महिना मात्र लिएका उनले सबै मानिसको आ-आफ्नो विशेषता हुने, असफलता देखी हार्न नहुने र आफ्नो काममा निरन्तर लागिपर्नुपर्ने जस्ता अनगिन्ति अमूल्य शिक्षा हामीलाई दिएर गएका छन् ।हाम्रो सबैभन्दा ठूलो कमजोरी भनेको नै, हार मान्नु हो ।

थोमस अल्वा एडिसनका प्रेरक भनाइहरु

यदि असफल भयौ भने, हतास नहोउ । त्यसबाट केही सिक्ने प्रयास गर।

दिमाग वा टाउकोले मात्र होइन , हातको प्रयोगले पनि तिमीले सिक्नुपर्छ।

किताबबाट मात्र सबै कुरा सिकिदैन । पूरा विश्वबाट तिमीले ज्ञान हासिल गर्न सक्छौ।

मेहनतलाई प्रतिस्थापन गर्न सक्ने अर्को कुनै वस्तु छैन।

आविष्कारको लागि तिमीमा कल्पनाशक्ति हुनु जरुरि छ।

यहाँ कुनै नियम छैन,मात्र, हामी केही पूरा गर्ने प्रयासमा छौं ।

यहाँ धेरै मानिस असफल भएका छन् , किनभने, हार मानेर आफ्ना पाइला रोक्नु अगाडी , आफू सफलता नजिक पुगिसकेको कुरा उनीहरुले चाल पाएनन्।

मैले त्यहींबाट सुरु गरें, जहाँबटा अगाडीको अन्तिम मानिसले छोडेको थियो ।

बेच्न नसकिने कुरा म आविष्कार गर्न मन पराउँदिन । किनकी बेचिने कुरा तिनै हुन् , जुन प्रयोगमा आउँछन् । र, वस्तु प्रयोगमा आयो भने मात्र आविष्कार सफल बन्छ।

तिम्रो मूल्य, तिमीसंग के छ, त्यसमा होइन, तिमी को हौ, त्यसमा भर पर्छ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text