जुन मानिस अभावहरुसंग जुधेर हुर्किएको हुन्छ, उसैमा साहस र आत्मविश्वास भरिएको हुन्छ ।

– भेलेनटिना टेरेस्कोभा

परिचय

भेलेनटिना टेरेस्कोभा प्रथम महिला अन्तरिक्ष यात्री हुन् । साहसी महिलाको रुपमा परिचित उनको जन्म, सन् १९३७ , मार्च ७ मा भएको थियो ।

प्रारम्भिक जीवन

भेलेनटिना टेरेस्कोभाको जन्म रुसको यरोस्लाव क्षेत्रको निकोवो गाउँमा भएको थियो । उनी बाबु एक साधारण मिलका कामदार थिए र परिवार कृषिमा निर्भर थियो । दोस्रोविश्वयुद्धमा टेरेस्कोभाका बाबु मारिएपछि उनीसंगै उनका एक भाइ र बहिनिलाई आमा एलेनाले हुरकाएकी थिईन् । पढाइ साथै खेलकुदमा पनि अब्बल उनले यारास्लाव स्कुलबाट आफ्नो पढाइ सुरु गरेकी थिईन् । तर आर्थिक अभावले गर्दा मिलमा काम गर्नु परेका कारण, उनले १६ वर्षको उमेरमै पढाइ छोडेकी थिईन् ।

अन्तरिक्ष यात्रा

भेलेनटिना टेरेस्कोभाको प्याराशुट जम्पिंगमा रुचि थियो । बाइस वर्षको उमेरमा पहिलोपटक प्याराशुट जम्पिंग गरेकी उनी आफ्नो ठाउँमा रहेको एभियसन क्लबमा संलग्न भइन् । त्यसपछि उनले आफै प्यारासुट क्लब पनि खोलिन् । त्यतिबेला उनी मिलमा पनि काम गर्दै थिईन् । राजनीतिमा पनि रुचि भएकी टेरेस्कोभा सन् १९६१ मा कम्युनिस्ट लिगको सचिव बनिन् भने त्यसको एक वर्षपछि रुसको कम्युनिस्ट पार्टीमा संलग्न भइन् ।

युरी गाग्रिन अन्तरिक्षमा सफलतापूर्वक गएर आएपछि सोभियत संघले महिलालाई पनि अन्तरिक्षमा पठाउने योजना थालेको थियो । त्यसको लागि छनोट प्रक्रिया सुरु भयो । महिला पाइलटहरु थोरै भएका कारण प्यारासुट जम्परलाई पनि त्यसमा अवसर दिइयो र टेरेस्कोभा पनि त्यो छनोट प्रक्रियामा सामेल भएर पास भइन् । त्यतिबेला, उनीसंगै अन्य तीनजना प्यारासुटधारी र एक महिला पाइलट छानियो ।

अन्तरिक्षका लागि छनोटमा परेपछि, टेरेस्कोभा आन्तरिक तालिम र तयारीमा जुटिन् । उनको उडान, भोस्तोक -७ यानद्वारा १६ जुन १९६१ मा निर्धारित गरियो। तर १६ जुन १९६३ मा मात्र उनी अन्तरिक्षमा उडिन्। ७० घण्टा ५० मिनेट समय अवधिको अन्तरिक्ष यात्रामा उनले पृथ्वीलाई ४८ चक्कर लगाइन् । यात्रा सकेर १९ जुनमा कजाकस्तानमा उनी उत्रेकी थिईन्।

टेरेस्कोभाले आन्द्रियान निकोलेवासंग विवाह गरिन् र उनीहरुको एउटा छोरी जन्मिन्, जो पछि भौतिकशास्त्री बनिन्।

सफलता

भेलेनटिना टेरेस्कोभा सोभियत संघको सदस्य भइ अन्तर्राष्ट्रिय महिला संस्थाको सदस्य भइन्। त्यस्तै, १९६६ मा विश्व शान्ती परिषदको सदस्य भइन् । उनले थुप्रै सम्मान तथा अवार्ड प्राप्त गरेकी थिईन् । टेरेस्कोभा अन्तरिक्षमा गएपछि नै विश्वभर महिलालाई अन्तरिक्षमा पठाउने होडबाजी चलेको मानिन्छ ।

सामान्यतया: हामीले सोंच्छौँ की, अभावले गर्दा मानिस अगाडी बढ्न सक्दैन । तर, वास्तवमा, त्यही अभावले नै मानिसलाई अगाडी बढ्न सिकाउँछ। अभावसंग जुधेर निस्किएको मानिस, हिम्मत भरिएको, आत्मनिर्भर, आत्मविश्वासी र लगनशील हुन्छ। त्यसैले, सफलताको लागि , अभाव बाधक होइन , स्रोत हो।

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text