“सुरुवात कामको सबैभन्दा महत्वपूर्ण भाग हो”

परिचय

प्लेटो दार्शनिक क्षेत्रको चिरपरिचित नाम हो । ४२८ बिसी मा एथेन्समा जन्मिएका उनि ग्रीक दार्शनिक हुन् ।

प्रारम्भिक जीवन

प्लेटोको बुवा एथेन्सका पुराना राजा थिए भने उनकी आमा कवि थिईन् । प्लेटो सानो छँदा नै उनका बुवाको मृत्यु भएको थियो र उनकी आमाले अर्को विवाह गरेकी थिईन् । उनको बाल्यकाल सुखमय रहेको थियो । तीक्ष्ण दिमागका धनि प्लेटोले व्याकरण, संगीत र जिम्नास्टिक सम्बन्धि शिक्षा लिएका थिए । उनि असाध्यै मेहेनती थिए ।
एथेन्समा त्यतिबेला युद्ध चलिरहेको थियो, जसमा प्लेटो पांच वर्षसम्म लडेका थिए । त्यो युद्धमा प्लेटो एथेन्सको तर्फबाट भर्ति भएर युद्ध नसकुन्जेल लडेका थिए। युद्धको समाप्ति संगै उनले राजिनितीमा पाईला चाल्ने निर्णय गरे । सोहि क्रममा सुकरातसंग भएको भेटले उनको जीवनको बाटो मोडियो ।

दार्शनिक यात्रा

प्लेटो सुकरातको चिन्तन र तर्कबाट प्राभावित भए । प्लेटोको सुकरात संग भेट भएको केही समय पछि नै सुकरातलाई युवाहरु भड्काएको आरोपमा गिरफ्तार गरियो । यस घटनापछि सुकरात एथेन्स छोडेर घुम्न निस्किए जुन यात्रामा उनले १२ वर्ष बिताएका थिए । त्यस अवधिमा केहि समय अध्ययन गरेको गणितको पाइथागोरस साध्यबाट उनले आफ्नै विचारधाराहरुको उत्पत्ति गरे । उनले इजिप्टमा भूशास्त्र, धर्मशास्त्र आदि सम्बन्धि अध्ययन गरेका थिए । प्लेटोले त्यहाँबाट आफ्नो लेखन यात्राको सुरुवात गरे जसमा सुकरातका विचारहरुको व्याख्या गरिएको हुन्थ्यो । उनलाई विभिन्न समयमा भ्रम फैलाएको आरोप पनि लगाईयो ।
एथेन्स फर्किए लगत्तै प्लेटोले एक विद्यालयको निर्माण गरे जुन विद्यालय युरोप क्षेत्रको त्यति बेला सम्मको सबैभन्दा व्यवस्थित विद्यालय मानिन्छ । यससंगै उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन थाले । दर्शन, अध्यात्म, प्रकृति, कला, संस्कृति, नैतिकता जस्ता कुराहरुलाई उनले प्राथमिकतामा राख्न थाले र ति विषयहरुमा अध्ययन, विश्लेषण गर्दै आफ्ना विचारधाराहरु बाहिर ल्याउन थाले ।

सफलता

प्लेटोले एथेन्समा स्थापना स्कुललाई पश्चिमा संस्कृतिमा विकासको खम्बा र प्लेटोकोको दार्शनिक स्थानको पहिलो र विशेष खुड्किलोको रुपमा लिईन्छ । यसबाट नै शैक्षिक संस्थालाई “एकेडेमी” शब्द दिन थालिएको मान्यता छ । प्लेटोले “द रिपब्लिक” पुस्तकमा सुकरातका दर्शनलाई गरिएको व्याख्या, न्यायको बारेमा प्रस्तुत गरिएका विचारधाराहरुलाई उनको उपलब्धिको रुपमा हेरिन्छ ।

“थेओरि अफ वर्क्स” प्लेटको अर्को सफलता हो जसमा उनले हामीले देख्ने संसार वास्तविक संसार नभई भौतिक वातावरण मात्र भएको बताएका छन् । उनको यो दर्शन अनुसार हामीले देख्ने संसार वास्तविक संसार जस्तो देखिने बिम्ब मात्र हो । पश्चिमी दर्शन, विज्ञान तथा गणितको विकासमा उनको योगदानलाई विशेष मानिन्छ । केहिले उनलाई पश्चिमी धर्म र अध्यात्मका संस्थापक मध्येमा समेत लिन्छन् । आज कैयौं सताब्दी पछि पनि प्लेटोका दर्शन र विचारहरुलाई उत्तिकै महत्व दिईन्छ । ३४८ बिसी मा भौतिक रुपमा बिदा भएका प्लेटोका विचारहरु एडी को बीसौं सताब्दिमा पनि उत्तिकै सान्दर्भिक छन् ।

मानिसको जीवनको सहि विकास तब हुन्छ जब उसमा सकारात्मक विचारहरु पलाउँछन् । सकरात्मक र सहि विचारले आफू मात्र नभई आफ्नो वरिपरिको वातावरणलाई नै सकारात्मक र स्वच्छ बनाउँछ ।

“विचार नै आत्माको खाना हो ” – प्लेटो

तपाईंमा यदि डर वा कुनै पनि खालको नकारात्मक विचार उब्जिएको छ भने त्यसले तपाईंको सुरुवाती बिन्दुको आकारलाई बिगारिदिन्छ जसले लक्ष्य र जीवनका रेखाहरुलाई पनि असर गर्छ । त्यस्तै नकारात्मक विचार वा अस्वस्थ खानाले तपाईंको आत्मालाई नै अस्वस्थ बनाईदिन्छ । मुस्कुराउनुस् , जिन्दगीका घटनाहरुलाई पाठको रुपमा लिएर आत्माको लागि स्वस्थ पोषणको विकास गर्नुहोस् । प्लेटोले एउटा गुरुको माध्यमबाट आफ्नो जीवनलाई सकारात्मकता तिर लागे भने हामी संग त हामीले पोषण सोस्न सक्ने सुकरात, प्लेटो जस्तै सयौं गुरुहरु छन् , जसले आफ्नो जीवनी बाट नै हामीलाई खान पस्किरहेका छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text