– कामना न्यौपाने

संगालेर राखेकी छु आँशुहरु

बटुलेर राखेकी छु टुक्राहरु

टुक्राहरु ती
फुटेका सपनाका
टुक्राहरु ती
लत्तिएका भावनाका

चाहिंदैन मलाई
तिम्रो सान्त्वना
चाहिंदैन मलाई
तिम्रो आश्वासन

सक्दैनन् तिम्रा ती प्रहारहरुले
मलाई गलाउन
हो, सक्छु म यी टुक्रा जोडी
महल बनाउन …………….

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text