हामीले जीवनमा सधै सुख होस् , काममा कुनै पनि खालको बाधा नहोस् भन्ने चाहन्छौं । तर जीवन भनेकै अप्ठ्यारोहरुको बीचमा पलाउने पालुवा हो । जहाँ हरेक चुनौतीको सामना गरेर आफू हुर्किनु छ । त्यसको लागि सहयोग गर्ने केही प्रेरक भनाइहरु यहाँ उल्लेख गरिएको छ :
” ‘डर’ केही नगरी बसेको बेलामा उत्पन्न हुन्छ । जब काम गर्न थाल्छौं, ‘डर’ हराउँछ। “
– डा. हेनरी लिंक
” नयाँ लक्ष्य लिन होस् वा नयाँ सपना देख्न, मानिस कहिल्यै बूढो हुँदैन ।”
– सी. एस. लुइस
” तिमी भारिको तौलले थाक्दैनौ, तिमीले त्यो भारि कसरि बोकेको छौ, त्यही अनुसार थाक्छौ ।”
– लु होल्ज
” रोऊ, माफी देऊ, सिक र अगाडी बढ । तिम्रो अहिलेको आँशुले भविष्यको खुशीको बिऊलाई सिंचाई गर।”
– स्टिभ मारबोली
” सहज वातावरणमै रहेर तपाईंले आफ्नो जीवनलाई कहिल्यै परिवर्तन गर्न सक्नुहुन्न। केही गर्नको लागि तपाईं त्यो सहजताको क्षेत्रबाट बाहिर निस्किन जरुरि छ ।”
– रोय टि. बेनेट
” म सक्छु भन्ने विश्वास गर्यौ भने तिमी आफ्नो लक्ष्यमा पुग्ने बाटोको आधा बाटो पुगिसक्यौ”
– थेओडोर रुजवेल्ट
” तिमी जहाँ छौ, त्यहींबाट सुरु गर। तिमीसंग अहिले जे छ, त्यसलाई स्रोत बनाऊ । र, जे सक्छौ, त्यही गर्न सुरु गर।”
– अर्थर एयास
” हामी मध्ये धेरै जना सपनाले बाँचिरहेका छैनौं, डरले बाँचीरहेका छौं ।”
– लेस ब्राउन
” तिमीले त्यहाँ समस्या छ भन्ने सोच्यौं भने, तिम्रो यो सोंच नै समस्या हो ।”
– स्टेफेन काभे
” १० % आकस्मिक घटनाहरु र ९० % ती घटनाको लागि हामीले गर्ने व्यवहार मिलेर, हाम्रो जीवन बन्छ।”
– चार्ल्स स्विन्डल