– यमन बिक्रम ‘नेपथ्य’

म हेल्थ असिस्टेन्ट (एच.ए) को विद्यार्थी हूँ । मैले एच.ए को पढाइ पूरा गरेको एक वर्ष जति भयो। मैले टेक्निकल विषय पढेपछि छिटो रोजागरी पाइन्छ भन्ने सुनेको थिएँ । म पढाइमा नराम्रो पनि होइन। तर पढाइ सकेपछि मलाई कतै जागिर मिलेन।

पढाइ सकेर पनि बेरोजगार बनेर घरमा बस्नुपर्ने र त्यसमाथी घरको आर्थिक स्थितिमा आफूले सघाउन नपाएको पीडाले मलाई सतायो। म सामान्य नेपाली युवा। कसैलाई भनसुन गरेर जागिर पाउनको लागि न त म कोही ठूलाबडाको नजिक थिएँ, न त मेरो परिवार वा नाताको कोही व्यक्ति त्यस्तो पदमा नै थियो ।

म यतिसम्म तनावमा थिएँ की, मलाई लाग्छ, म डिप्रेसनको बाटोमा थिएँ। मेरो घर नजिकैको प्राथमिक स्वास्थ्य चौकीमा सहयोगीको खाँचो थियो। बेरोजगार बसिरहेको बेला गाउँमा सेवा हुने सोंचले मैले, प्राथमिक स्वास्थ्य चौकीमा आफ्नो पढाइ अनुसारको काम, स्वयंसेवीको रुपमा गर्न थालें। यसले मलाई व्यस्त बनायो, सेवाको कारण यहाँका स्टाफ र गाउँलेहरुको मायाले मेरो तनाव कम हुँदैगयो ।

यहाँ यसरि काम गर्नाले मेरो शिक्षामा प्रयोगात्मक ज्ञान थपियो भने बोल्ने तथा मानिसहरुसंग व्यवहार गर्ने क्षमतामा समेत वृद्धि भयो । यसरि नि: स्वार्थ भावले सेवा गरेर अरुको मुहारमा मुस्कान देख्न पाउँदा मलाई खुशी मिल्न थाल्यो । प्राथमिक स्वास्थ्य केन्द्रको मूख्य डाक्टर सरले मलाई अर्को संस्थामा कामको लागि भनिदिनुभएको थियो र यसै महिना त्यसको लागि अन्तर्वार्ता थियो तर, आज नै मैले , मेरो नाम लोकसेवा परिक्षाको नतिजाको लिस्टमा आएको थाहा पाएँ । मलाई तनावको स्थितिबाट निस्कन र यसरि अगाडी बढ्नको लागि प्रेरणा दिने एक मूख्य स्रोत ‘सफल स्टोरिज’ हो, जसको म नियमित पाठक हूँ ।

जीवनमा केही नगरी बस्ने हो भने, डर र निराशा जन्मिदो रहेछ । केही गर्ने प्रयासले हिम्मत जगाइदिएर सफलता तर्फ उन्मुख गराउँदो रहेछ । ‘ सफल स्टोरिज’ को म नियमित पाठक हूँ । सफल स्टोरीजले मलाई हिम्मत जगाइदिएर जीवनमा हौसला दिएकै कारण सफल स्टोरिजलाई धन्यवाद दिंदै पाठकहरुसंग मेरो यो कुरा बाँड्न चाहेको हूँ । फेरी पनि ‘सफल स्टोरिज’ लाई धेरै धन्यवाद !

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text