प्रश्न : म हाल पच्चिस बर्षको भए। कक्षा ६ पढ्दै गर्दा म मा एक किसिमको रोग देखियो साधारण रोगका लक्षणले नि स्पष्ट भयो छारेरोग भनेर तर पनि साथिभाइको संगतले गर्दा खान नहुने कुरा खादै गरे डाक्टरको चतावनीका बाबजुद। विभिन्न डाक्टरलाई देखाउदा नि निको नभएपछि धामीझाँक्रीको भर परियो त्यसले नि टसकोमस भएन। आज म केही हदसम्म निको छु आजको दिनसम्म मलाइ व्यथाले नच्यापेको ४ महिना भयो तर निराशाले मलाई छोड्न मानेको छैन। म दिनप्रती दिन निराशाको भुमरीमा परिरहेको छु। केही पल्ट आत्महत्याको प्रयास नि गरेको मैले अन्तत आफ्नो बाबुआमाले गरेको प्रयास खेर जान दिनु हुदैन भनेर आफुलाइ रोके। त्यसपछि बासबारी न्युरो हस्पिटल गएर देखाए त्यहाँ गए पछि पत्ता लाग्यो कि मलाइ juvinal myclonic epilepsy भएको रहेछ।नकारात्मक विचार धेरै नै आउँछ, कसैसँग बोल्न नपरे हुन्थ्यो झै लाग्छ , सबन्धहरु प्रभावकारी बनाउनै सक्दिन्न।

तपाईंले जति पनि आफ्नो अवस्थाको बारेमा बयान गर्नुभयो । त्यसको आधारमा तपाईंले निकै लामो समय देखि जटिल परिस्थितिको सामना गर्नुभएको रहेछ भन्ने प्रस्ट हुन्छ । Epilepsy आफैमा एक जटिल परिस्थिति हो किनभने, यससंग सम्बन्धित भएर धेरै अरु अप्ठ्यारा परिस्थितिहरु पनि आउन सक्ने सम्भावना धेरै छ, जसमध्ये तपाईं अहिले जे भोगीरहनु भएको छ, तिनीहरु पनि एक हुन् ।

JME को लागि सायद तपाईंले Neurologist संग सम्पर्कमा हुनुहुन्छ होला। त्यसकारण, मेरो सल्लाहमा अहिलेका अरु अप्ठ्याराहरु जस्तै, धेरै नकारात्मक सोंचहरु आउनु, निराश हुनु, आत्महत्याका सोंचाई आउनु आदिलाई पनि छिट्टै सम्बोधन गर्नु जरूरी छ। र, यसका लागि विशेषज्ञको सहयोग लिनु जरूरी छ। तर, हामीले यसरि अप्रत्यक्ष रुपमा गरेको प्रश्नोत्तरको आधारमा भन्दा मनोचिकित्सकसंग प्रत्यक्ष भेट गरेर तपाईंको अहिलेको समस्याको पूर्ण समाधान हुने देख्यौं। तपाईंको परिचय पूर्णतया गोप्य रहन्छ र तपाईंले प्रत्येक कुरा उहाँलाई बताउन सक्नुहुन्छ। हामीले तपाईंलाई उहाँसंग सम्पर्क गर्ने माध्यम दिनेछौं ।

तपाईं नआत्तिनुहोस्, तपाईं एक्लो हुनुहुन्न, तपाईंलाई सहयोग गर्नको लागि धेरै सहयोगी हातहरु छन् ।

( आशिष काफ्ले, मनोवैज्ञानिक विद्यार्थी, स्नातकोत्तर अन्तिम वर्ष )

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text