अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकन १२ फेब्रुवरी,१८०९ मा अमेरिकाको हड्गेंभिल्ले केन्टकीमा जन्मिएका थिए । राजनीति देखी टाढा रहेको एक गरिब परिवारको छोरो उनि लगातार दुई पटक देशको प्रधानमन्त्री बनेर मान्छे बेच्ने परम्परा हटाई प्रजातन्त्रको स्थापना गर्न सफल हुनु आफैमा गौरवपूर्ण छ ।

यहाँ अब्राहम लिंकनको जीवनको संघर्षशील यात्रालाई छोटकरीमा प्रस्तुत गरिएको छ :

सन् १८१६ : अब्राहम लिंकनको परिवारलाई उनीहरुकै घरबाट निकालियो र परिवारलाई सहयोग गर्न उनले काम गर्न थाले।

१८१८ : आमाको निधन ।

१८३१ : बिजनेसमा असफल ।

१८३२ : राज्यबाट संसदको लागि प्रयास तर असफल ।

१८३२ : जागिर गुम्यो, कानुन पढ्न कलेज जान चाहन्थे तर पाएनन् ।

१८३३ : बिजनेस सुरु गर्न साथीसंग बाट ऋण लिए तर बिजनेस असफल भएर बैंक लिलामी मा परे । त्यो ऋण तिर्न उनलाई १७ वर्ष लाग्यो ।

१८३४ : राज्यबाट संसदको लागि लडे र जिते।

१८३५ : बिहेको लागि इन्गेजमेन्ट गरे, तर विवाह पनि गर्न नपाउँदै उनकी प्रियसीको निधन भयो ।

१८३६ : प्रियसीको निधन पछि भावनात्मक रुपले कम्जोर बनेका उनी ‘बेड रेस्ट’ मै रहे ।

१८३८ : राज्यको संसदको प्रवक्ता बन्न लडे तर हारे ।

१८४० : एलेक्टर बन्ने प्रयास गरे, तर त्यसमा पनि हारे ।

१८४३ : सांसदको लागि लडे तर हारे ।

१८४६ : फेरी निर्वाचन लडे र जिते । धेरै राम्रो काम गरेर देखाए ।

१८४८ : फेरी निर्वाचन लडे तर हारे ।

१८४९ : ल्याण्ड अफिसरको लागि जागिरको प्रयास गरे तर छनिएनन् ।

१८५४ : अमेरिकाको संसदमा पुग्न लडे तर हारे ।

१८५६ : पार्टीकोको उपाध्यक्षको लागि लडे, तर हारे ।

१८५८ : संसदको लागि लडे तर हारे ।

१८६० : अमेरिकाको राष्ट्रपतिको रुपमा चुनिए र विश्वसामु आफ्नो क्षमतालाई प्रमाणित गरेर देखाए ।

अब्राहम लिंकनको पूरा जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

 

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text