ओप्राह विनफ़्रे धनी, विश्वप्रसिद्ध र सफल संचारकर्मी तथा उद्धमी हुन् । तर यो सफलताको पछाडी भने उनको दु:ख र संघर्षको कथा लुकेको छ ।

ओप्राह अश्वेत परिवारमा जन्मीइन् जहाँ गरिबी व्याप्त थियो। उनी एकल आमाको सन्तानको रुपमा जन्मेकी थिइन् । त्यसैले उनको बाल्यकाल हजुरआमासंग बित्यो । गरिब परिवार र एकल आमाकी सन्तान उनी यौन हिंसाको समेत शिकार भइन् । नातेदार र परिवारका मान्छेहरुबाट नै हिंसामा परेकी उनी, नौ वर्षको उमेरमा नै बलात्कृत भइन्। चौध वर्षको उमेरमा बलात्कारकै कारण गर्भवती भएर उनले बच्चा जन्माइन् तर बच्चाको मृत्यु भयो।

चौध वर्षको उमेर हुँदा ओप्राहलाई उनका बाबुसंग बस्न पठाइयो। बाबुले नै उनलाई पढ्ने वातावरण मिलाइदिए । त्यसपछि ओप्राहले आफ्नो पढाइमा मेहनत गर्न थालिन् । त्यसपछि उनले छात्रवृत्तिमा संचार विषय लिएर पढ्न थालिन् । पढाइकै क्रममा उनले रेडियोमा इन्टर्नको रुपमा काम गर्न थालिन्। त्यसपछि उनले स्थानिय टेलिभिजनमा काम गर्न थालिन्। तर ओप्राह, टेलिभिजनको कामको लागि योग्य नभएको भनी उनलाई कामबाट निकालियो। त्यसपछि बाल्टिमोरको अर्को स्टेसनमा उनले ‘पिपल आर टकिंग’ कार्यक्रम चलाउन थालिन् ।

सन् १९८३ मा ओप्राहलाई सिकागो पठाइयो, जहाँ उनलाई एकदमै कम चलेको अर्थात एकदमै कम सुनिने टक शो संचालन गर्ने काम दिइएको थियो। त्यो शो को लागि उनले यति मेहनत गरिन् की, कार्यक्रम उनले संचालन गर्न थालेको केही महिनामा नै उत्कृष्ट कार्यक्रमको सूचीमा पर्यो । मानिसहरुले ओप्राहको नामबाट नै त्यो शोलाई चिन्न थालेका थिए। कमलको फूल जस्तै संघर्षमा फुलेकी ओप्राह अहिले विश्वकै धनी र सफल महिला मध्येमा पार्छिन्।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text