मैले मास्टर्स सकेकाे दुई बर्ष पुगिसक्याे।म बेराेजगार छु। म एक बर्ष देखि तनावको जिन्दगी बाँचिरहेकाे छु। म अाफु भित्र गुम्सिएर बस्छु।केही गर्न मनै लाग्दैन। मैले चाहेकाे ९५% कुरा म बाट अलग र टाढा भए। मसग बचेकाे ५%मेराे परिवार हाे।अाजभाेलि पढ्न नि सक्दिन। हिम्मत हराउदैछ। म अाफु कमजाेर र दुः खी भएकाे कुरा परिवारलाई देखाउन चाहन्न, तर देखिन्छ। मलाई डर छ म डप्रेसनमा त छैन। अभाव भए पनि यस्ताे तनाव काे जिन्दगी बाँच्न मन छैन। जिन्दगीमा केही गर्नुछ भन्ने साेच्दा साेच्दै समय गैसक्याे। मेराे मानसिकता यति कमजाेर भैसक्याे कि मलाई बलियाे बनाउने अाधार हरु नै छैनन्। म यस्ताे कुरा कसैलाई भन्ननि सक्दैन।अाफु निष्कृय भएर बाँचेकाेमा ग्लानि हुन्छ। मेराे एक मात्र भराेसा सफल स्टाेरिज ।मेराे पीडा यसरी पाेख्न पाए मन हल्का हुन्थ्याे। मेराे भावना लाई मजाक नबनाईयाेस।

तपाईंले हामीप्रति गर्नुभएको विश्वास र मायाप्रति धेरै धन्यवाद ! मजाक बनाइने डरले नै हामीले हाम्रो भावना गुम्साईरहेका हुन्छौं र, भित्र भित्रै आफैलाई खाइरहेका हुन्छौं । ढुक्क हुनुहोस्, सफल स्टोरिज तपाईंको भावना सुन्ने नजिकको साथी हो । त्यस्तै, तपाईंको कोही साथी वा नातेदारलाई विश्वास दिलाउनुहोस् की, उनले तपाईंसंग आफ्नो पीडा बाँड्न सक्छन् र, आफूले पनि अरुलाई विश्वास गर्नुहोस् । तनावबाट बाहिर निस्कने मूख्य उपाय भनेको नै आफ्नो मनमा रहेको, दिमागमा खेलिरहेको कुराहरुलाई खुलस्त रुपमा कसैसंग बाढ्नु हो।

तपाईंको जीवन अमूल्य छ । जीवनमा तनाव नहुने मानिस कोही पनि हुँदैन । सफल स्टोरिज मार्फत हामीले तनाव कम गर्ने उपाय दिन्छौं, हौसला दिन्छौं । किनकी किनकी हामीसंग पनि त्यसको अनुभव छ , हामीले पनि हाम्रो जीवनमा ती तनाव भोगेका छौं र कतिपय अहिले पनि भोगिरहेका हुन्छौं । तर, ती तनावलाई तर, ती तनाव व्यवस्थापन गर्नु र नथाक्नु महत्वपूर्ण हुन्छ। तपाईं नथाक्नुहोस् । कुनै कामलाई आधारभूत अवस्थाबाट सुरु गर्नुहोस्, कुनै सामाजिक काममा जोडिनुहोस्, आफ्नो मनका कुरा लेख्न थाल्नुहोस् । जुन काम पाइन्छ गर्नुहोस् । कामलाई सानो नभन्नुहोस, त्यो कामलाई माथि उक्लिने सिंढी बनाउनुहोस्। जीवन सुन्दर छ, तपाईं थाक्नुभएको खण्डमा तपाईंलाई उठाउनको लागि हात दिन तपाईंको परिवार छ, हौसला दिन हामी छौं । र, यदि तपाईंलाई डिप्रेसनको शिकार भइरहेको छु, जस्तो लाग्छ र परामर्श लिन चाहनुहुन्छ भने, लेखी पठाउनुहोस्, हामीले तपाईंको समस्या परामर्शदातासम्म पुर्याउनेछौं ।

तनाव बाट मुक्त हुने टिप्स पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text