तपाईं खुसी र सुखी देखिंदा
मान्छेहरु
तपाईंलाई खोज्दै आउँछन्,
यदि तपाईं पीरमा हुनुहुन्छ भने,
ठाडै फर्किएर जान्छन् ,
कारण प्रष्ट छ,
उनीहरुलाई तपाईंको कष्ट चाहिएको हैन
खुसी भैराख्नुहोस् त,
तपाईंका साथीहरु थुप्रै हुन्छन्,
दु:ख पाउन थाल्दा भने,
ती सबैजसोले छोड्दै जान्छन्,
तपाईंले उनीहरुलाई गुमाउनुहुन्छ
तपाईंको मधुरतम पेयलाई
कसैले नकार्दैन,
तर जीवनमा देखिएको विषलाई भने,
तपाईं एक्लैले पिउनुपर्छ।
– Ella Wheeler Wilcox
त्यसैले सच्चा मित्र र वास्तविक मित्रलाई चिन्नुहोस् । सच्चा मित्रसंगको सम्बन्धलाई आफूले पनि जोगाउने कोसिस गर्नुहोस् ।
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :