एउटा किसान आफ्ना छिमेकीहरुसंग क्रुद्ध बन्यो । रिसको झोंकमा उसले छिमेकीलाई भन्नु, नभन्नु भन्यो । थोरै समय नबित्दै, किसानले आफ्नो गल्तीको महसुस गर्यो । यसपछि माफी माग्न, ऊ पादरीकहाँ गयो ।

पादरीले किसानलाई प्वाँखले भरिएको एउटा थैलो सहरबीचमा खसालेर छर्न आदेश दिए। अर्हाएको काम गरि किसान फर्कियो । “अब सबै प्वाँख. थैलीमै हाली यहाँ ल्याउनु” पादरीले अर्को आदेश दिए । किसानले प्रयास त गर्यो, उडिसकेका सबै प्वाँखलाई समेट्न सकेन। निराश किसान, करिब करिब खाली थैलो लिएर फर्कियो।

यतिखेर पादरीले भने, ” तिम्रो शब्दको बारेमा पनि यही लागू हुन्छ । सुरुमा तिमीले शब्दहरुलाई सजिलै खसालिदियौ। अब ती शब्दलाई फर्काउन, प्वाँखलाई फर्काउन जत्तिकै असम्भव हुन्छ । ”

यसको अर्थ हो, प्वाँख कता पुगेपुगे ? अब बटुल्न सक्दैनौ । तिम्रा शब्द पनि त्यसैगरी, मान्छेका कान र मनसम्म पुगे। ती शब्दले, सम्बन्धितहरुमा पुगी जेजे प्रतिक्रिया बनाउनु थियो, त्यो त बनाइसके । त्यसैले, बोली निकाल्नु अघि शब्द छान्न, सतर्क हुनैपर्छ ।

साभार : तपाईंको जित, शिव खेडा

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text