सफल मानिसहरु हामी जस्तै हुन् , तर सबै कुरा सामान्य तरिकाले नै गरिरहेका हुँदैनन् । सफल मानिसहरुको केही न केही फरक तरिका, बानी , विचार हुन्छ, जसले उनीहरुलाई ठूलो सफलता दिलाउँछ । स्टिभ जब्सको पनि यस्तै एउटा सामान्य तर फरक बानी थियो ।

स्टिभन् पाउल जब्स अर्थात स्टिभ जब्स २४ फेब्रुअरी १९५५ मा क्यालिफोर्निया, अमेरिकामा जन्मिएका थिए । स्टिभ जब्सलाई विश्व बिख्यात स्माटफोन आइफोनका जन्मदाता मानिन्छ।

स्टिभ जब्सले प्रत्येक दिन बिहान उठेर ऐना हेर्थे । ऐनामा हेरेर उनले आफैलाई सधै उही एउटा प्रश्न सोध्ने गर्थे – ” यदि आज मेरो जीवनको अन्तिम दिन भइदिएको भए, म आज जे छु, जीवनमा जे काम गरेको छु, त्यो सम्झेर खुशी हुन्थें होला ? “ यदि यो प्रश्नको उत्तरमा उनको मनले ” खुशी हुँदिनस् ” भन्ने जवाफ दियो भने, उनलाई लाग्थ्यो की, केही परिवर्तन गर्न जरुरी छ । त्यसपछि उनले आफूमा केही नयाँपन, नयाँ सिर्जना र काममा नयाँ तरिका खोज्न थाल्थे ।

स्टिभ जब्सका प्रेरक भनाइ, जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text