धेरै मानिसहरुको अगाडी रहेको मन्चमा गएर बोल्न धेरैलाई असजिलो लाग्छ । आत्मविश्वासको कमीले सुरुवातमा मन्चमा गएर बोल्दा खुट्टा र बोली समेत काँप्छन् । तर, बोल्दै जाँदा त्यो समस्या समाधान हुन्छ, किनकी प्रयास गरिरहेपछि आत्मविश्वास बढ्छ । यहाँ त्यो आत्मविश्वास बढाउनको लागि केही टिप्स राखिएको छ :

  • घरमा ऐना अगाडी उभिएर बोल्ने अभ्यास गर्नुहोस् ।
  • आफूले मन्चमा बोल्नुपर्ने विषयमा पर्याप्त जानकारी लिनुहोस्, सन्दर्भ सामग्री खोजेर पढ्नुहोस् ।
  • तपाईं अरु कोही बन्ने कोसिस नगर्नुहोस्, आफ्नै तरिकाले विषयवस्तुसंग सम्बन्धित आफ्ना विचारहरु अगाडी राख्ने तयारि गर्नुहोस् ।
  • बोल्दा हाउभाउको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । हाउभाउले स्रोतालाई आकर्षण गर्नुको साथै तपाईं आत्मविश्वासी समेत देखिनुहुनेछ।
  • बोल्दै गर्दा आफ्नो शिर झुकाएर वा आँखाले तल हेरेर नबोल्नुहोस्। सिधा हेरेर बोल्ने कोसिस गर्नुहोस् ।
  • दर्शक तथा स्रोतासंग आँखा जुधाउने, आफ्ना शब्द अनुसारको अनुहारको भाव झल्काउने गर्दै भावनात्मक रुपले दर्शकलाई आफूतिर आकर्षण गर्नुहोस्।
  • तपाईंको कुरा सुनेर टाउको हल्लाइरहेका वा अनुहारको भाव झल्काइरहेका व्यक्तिहरुलाई बोल्दै गर्दा बीच बिचमा हेर्ने गर्नुहोस् ।
  • गल्ती जोकोहीबाट हुन सक्छ, बोल्दाबोल्दै केही गल्ती भएमा नआत्तिनुहोस् । औंल्याउन सक्ने गरि गल्ती भएमा, माफी माग्नुहोस् र आफ्नो कुरालाई निरन्तरता दिनुहोस् ।
  • बोल्दा, आफ्ना भनाइमा दर्शक तथा स्रोतालाई पनि समावेश गर्नुहोस् , जस्तै : ‘ तपाईंहरुलाई कस्तो लाग्छ?”, ” तपाईंहरु भन्नुस् त” आदि ।
  • आफ्ना विचार राख्दा केही उदाहरणहरु पनि समावेश गर्नुहोस् । तर पत्यार नलाग्ने खालका कथा बुनेर उदाहरण नदिनुहोस् ।
  • तपाईंले साथीहरुको बिचमा, कुनै सानो सामुहिक बहसमा आफ्ना कुरा राख्ने गर्नुभयो भने, तपाईंलाई मन्चमा उक्लेर बोल्न आफै आत्मविश्वास जाग्नेछ ।
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text