हिजो बितिसक्यो, हामी आजमा बाँचिरहेका छौं । भोली त हामी हुन पनि सक्छौं, नहुन पनि सक्छौं । यति जाँदा जाँदै पनि हामीले अनेक तनावले गर्दा आजको समयलाई खेर फालिरहेका हुन्छौं । हिजो र भोलीको कुराले आवश्यकता भन्दा बढी चिन्तित बनेर हाँस्न नै बिर्सिरहेका हुन्छौं । यहाँ त्यो सबै तनाव र चिन्तालाई भुलेर आजको दिनलाई राम्रो तरिकाले बिताउनको लागि प्रेरणा दिने भनाइहरु समावेश गरिएको छ :

आज तिम्रो बाँकी जीवनको  पहिलो दिन हो ।

– अब्बी हफ्म्यान

प्रत्येक दिनलाई तिम्रो जीवनको सबैभन्दा सुन्दर दिन बन्न प्रयास गर्ने अवसर देऊ ।

– मार्क ट्वेन

हिजोसम्मका असफलताहरुबारे बिर्सिदेऊ । हरेक नयाँ दिन, बाँकी जीवन सुन्दर बनाउन आउने नयाँ आशा हो ।

– अनिरुद्ध सस्तिकर

प्रत्येक नयाँ दिन केही नयाँ कुरा सिक्ने अवसर हो ।

– लैलाह गिफ्ती अकिता

प्रत्येक नयाँ दिनले नयाँ आशा र नयाँ सुरुवात बोकेर ल्याउँछ ।

– देबासिश म्रिध

जुन दिन तिमीले सानो भएपनी आफ्नो मनले चाहेको काम गर्छौ, त्यो दिन तिम्रो लागि सबैभन्दा खुशीको दिन बन्छ ।

– डेभिड लिन्च

प्रत्येक दिन सुन्दर छ । प्रत्येक दिनले हामीलाई केही न केही दिएर जान्छ ।

– जोन केज

पहिला म रोएँ, र त्यसपछि यति राम्रो दिन उदायो की, म दु:खी बन्न नै बिर्सिएँ ।

– फ्रान्सेज नोयेज हार्ट

आजको दिनमा रमाऊ, किनकी हिजोको दिन बितिसक्यो र भोलीको दिन नआउन पनि सक्छ ।

– अलान कोरेन

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text