म एउटा सम्बन्धमा छु । तर, सम्बन्धमा रहेर पनि म एक्लो महसुस गरिरहन्छु । म उसंग समय बिताउन, आफ्ना समस्या , भावना सुनाउन चाहन्छु । ऊ मलाई माया गर्छु भन्छ र माया गर्नु भनेको सधै बोलिरहनुपर्ने, भेट्नै पर्ने होइन भन्छ। म भित्र भित्रै एक्लिएकी छु। यस्तै भइराख्यो भने डिप्रेसनमा जान्छु कि भन्ने डर लाग्छ ।

सम्बन्ध भनेको एक्लो महसुस हुनु कदापी होइन । एक्लो महुसुस गर्न थाल्नुभयो भने, तपाईंको सम्बन्धमा कतै न कतै समस्या छ र त्यसले तपाईंको दैनिक जीवनलाई असर गरिरहेको छ । तपाईं समयमै सचेत हुनुपर्ने अवस्था आएको छ । साथीलाई खुलेर आफ्नो अवस्था बताउनुहोस् । उसको कुनै बाध्यता भएमा, त्यो पनि बुझ्ने कोसिस गर्नुहोस् । कुराकानी नै भ्रमहरुलाई मेटाउने र सम्बन्धलाई बलियो बनाउने माध्यम हो । यदि यसो गर्दा पनि तपाईंको साथीको व्यवहारमा परिवर्तन भएन, तपाईं भित्र भित्रै रोइरहनुभएको छ भने, सम्झनुहोस् , तपाईंको आँशु पुछ्ने समय आयो । बलियो बन्नुहोस्, उसले जसरि तपाईंसंग दूरी बनाएको छ, तपाईं पनि दूरी बनाउनुहोस्। प्रेम एकतर्फी हुनसक्छ तर सम्बन्ध कहिल्यै पनि एकतर्फी रुपमा टिक्न सक्दैन। यसमा डिप्रेसनमा जाने भन्ने कुरा नै आउँदैन। तपाईंको एउटा सम्बन्ध टुटेको हो , भविष्य टुटेको होइन । रुन मन लाग्छ, रुनुहोस् तर मुस्कुराएर उठ्नुहोस् । तपाईंसंग परिवार छ, साथीहरु छन्, करियरको यात्रा छ, सुन्दर भविष्य छ र त्यो भविष्यलाई अझ सुन्दर बनाउन तपाईंलाई आफ्नोपनको महसुस दिलाउने व्यक्ति पक्कै आउनेछ ।

यो पनि पढ्नुहोस् :

सम्बन्ध बिग्रिएपछि हुने तनावबाट कसरि मुक्त हुने ? 

सम्बन्धका कारण तनावमा हुनुहुन्छ ?

सम्बन्धलाई कसरि बलियो बनाउने ? 

तपाईं यस्तै केही चिन्तामा हुनुहुन्छ, निराश हुनुहुन्छ वा आफ्नो मनको पीडा कसैलाई व्यक्त गर्न सकिराख्नुभएको छैन भने, हामीलाई लेखी पठाउनुहोस् । हामी तपाईंको साथमा छौं । तपाईंको परिचय गोप्य राखिनेछ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text