प्रशान्त क्षेत्री 

सफल स्टोरिजबाट पाेष्ट हुने हरेक प्रेरक भनाई ,विभिन्न व्यक्तित्वका संघर्ष र सफलताका कथाले मनमा छुट्टै प्रकारकाे ऊर्जा दिन्छ। जीवनलाई फरक ढङ्गले हेर्ने प्रयास गरिन्छ। जिवनमा अाईपर्ने,र भाेग्ने कुराहरु बहुअायामिक छन्,र हामीले यसै ढङ्गले बुझ्ने प्रयास गर्नुपर्छ । प्रत्येकका जिवनका छुट्टै घटना दुर्घटना अनि त्यसले ल्याएकाे निरासा,फेरि हिम्मतका साथ उठेर परिस्थितिसँग लडेका कुरा पढ्दा अाफ्नाे जीवनमा त केही अप्ठ्याराे छैन जस्ताे लाग्छ। अाफ्नै कमजाेर मनाेदशाका कारण बढि दुख महसुस गरकाे जस्ताे लाग्छ। फेरि आफूलाई लागेकाे कुरा यसरी पाेख्न पाउँदा, प्रत्येक दिनका यस्तै घत लाग्दा कुरा पढ्न पाउँदा मैले पहिले भन्दा फरक अनुभूति पाएकाे छु। एक साथी जाे सफल स्टोरिज जस्ताे हाेस्। त्याे साथीकाे कमी पनि छैन किनकी सफल स्टोरिज साथमा छ।

कहिलेकाहिँका पाेष्ट पढ्दा त म बस ‘वाउ’ मात्र भन्छु। मानिसकाे संवेदना यसै गरि बुझ्ने र बुझाउने हाे भने मानसिक राेगकाे दलदल मा कम फस्थे। जाे डिप्रेसनमा छन् जसलाई यस्ता कुराकाे खाँचाे छ,जाे पहुचमा छैनन् त्यस्ताकाे सहयाेग गर्नु पनि धर्म हाे । यस संजाल भन्दा बाहिर पनि निकै रुमालिरहेका छन्,उनिहरुलाई पनि सहयाेगकाे खाँचाे छ। सबै कुराकाे अाश्यकता अर्थले पूरा गर्न सक्दैन। जीवनलाई सरल र सहि ढङ्गवाट बुझ्न ज्ञान र प्रेरणा पनि जरुरि छ।अबकाे दिनमा सफल स्टाेरिले यस्तै केही अभियान चलाअाेस्। मेराे शुभकामना र शुभेच्छा छ।

सफल स्टोरिजलाई भेटे पछि मेराे जिवनमा त्यस्ताे परिवर्तन अाएकाे त छैन।तर अाफुलाई लागेकाे कुरा प्रष्टसँग राख्न सक्ने हिम्मतकाे बिकास भएकाे महसुस गर्दैछु।याे पनि त परिवर्तन हाे नि? जिवनकाे एकनास पनले वा एउटै कुराले जिउनुकाे रस पाईदैन।प्रकृतिकाे परिवर्तित रुपलाई जिवनकाे बहुअायामिकतासँग जाेडेर पाेष्ट भएकाे दृष्टिकाेण त्यससँग जाेडिएकाे कथा,जिवनमा सव कुरा हुनु जायज छ किनकि सबै कुरा कुराले जिवनलाई रसमय बनाउछ।

यस कुराले छाेए पछि मलाई यति कुरा सफल स्टोरिजलाई व्यक्त गर्न मन लाग्याे। सफल स्टाेरीज सबैकाे एक असल साथी,हाैसला दिने ,सचेत गराउने सफलताकाे वाटाेमा हिडाउन सिकाउने एक गुरु, एक अभिभावक, एक सहयात्रि भएर सबैकाे साथमा रहाेस्। किताबी ज्ञानबाट जीवनलाई बुझ्न सकिँदैन। जीवन सम्बन्धि परिभाषा बनाउन सकिएला। तर जीवन बुझ्न जिउनु नै पर्छ। म सफल स्टोरिज टिमलाई धन्यवाद दिन्छु।

तपाईं पनि हामीलाई आफ्नो प्रतिक्रिया, सकारात्मक संदेश दिने लेख-रचना, आफूलाई आइपरेको समस्या, आफ्नो जीवनको संघर्ष र सफलता लेखेर पठाउन सक्नुहुन्छ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text