हाम्रो समाजमा महिलाहरुलाई कमजोर मानिन्छ र उनीहरुलाई अगाडी बढ्नको लागि बाटो चुनौतीपूर्ण हुन्छ। तर संसारमा धेरै माहिलाहरु छन्, जसले ठूलो सफलता हासिल गरेर शक्तिशाली व्यक्तिहरुको सूचीमा आएका छन् । यहाँ त्यस्तै प्रसिद्ध महिलाहरुका शक्तिशाली भनाइ समावेश गरिएको छ :

बाटोमा भुकिरहेका प्रत्येक कुकुरलाई चुप बनाउनको लागि यदि म रोकिएँ भने, म आफ्नो गन्तव्यमा पुग्न सक्दिन।

– ज्याकी जोयनर-केर्सी

शक्ती कसैले तिमीलाई दिने होइन, त्यो आफूले लिने हो।

– बियोन्से नोल्स कार्टर

आलोचनाहरुलाई गम्भीरताका साथ लेऊ तर ती आलोचनालाई व्यक्तिगत रुपमा नलेऊ।

– हिलारी क्लिन्टन

अगाडी बढेर सफलता हासिल गर्नको लागि गोप्य सुत्र भनेको काम गर्न सुरु गर्नु हो।

– स्याली बर्गर

उच्च विचार राख्ने व्यक्तिले काम तथा योजनाको बारेमा कुरा गर्छ, औसत विचार राख्ने व्यक्तिले कार्यक्रमको बारेमा कुरा गर्छ भने कमजोर विचार राख्ने व्यक्तिले अरु व्यक्तिहरुको बारेमा कुरा गर्छ।

– एलेनोर रुजवेल्ट

यदि तिमीले जीवनमा कुनै गल्ती नै गरिरहेको छैनौ भने तिमी आफैले आफ्नो जीवनमा कुनै निर्णय नै लिएको छैनौ।

– क्याथरिन कुक

म जटिल छु, महत्वाकांक्षी छु र मलाई मैले के चाहन्छु भन्ने थाहा छ। यदि यो कुराले मलाई चरित्रहीन भनिन्छ भने पनि मलाई कुनै प्रवाह छैन।

– म्याडोना

तिमीले मैले गरिरहेको काम मन पराउनु आवश्यक छैन । किनभने त्यो मेरो काम हो।

– ब्येरोन क्याटी

यदि तिमीले सबै नियम मान्छौ भने, तिमीले आफ्नो खुशी र रमाइलोलाई गुमाउँछौ।

– क्याथरिन हेपबर्न

महिलाको लागि सबैभन्दा ठूलो सुरक्षा भनेको ‘हौसला’ हो।

– एलिजाबेथ क्यारी स्टान्टन

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text