खरायो र कछुवाको कथा हामी सबैले सुनिरहेकै कथा हो । छिटो उफ्री उफ्री हिंड्ने खरायो र गह्रौं गरि ढिलो पाइला चाल्ने कछुवा दौडमा भाग लिन्छन् । अलि पर पुगेपछि खरायोले पछि हेर्दा त, कछुवा बल्ल बल्ल हिंडिरहेको छ र त्यो पनि आफू पनि कती हो कती पछाडी ! त्यसपछि खरायोले सोंच्छ की, यसलाई त म एकछिन आराम गरेर उठेर दौडे पनि जित्छु। त्यसपछि ऊ आराम गर्छ । जित्ने कुरामा ढुक्क भएर सुतेको ऊ भुसुक्कै निदाउँछ र जब आँखा खुल्छन् , त्यसपछि हेर्दा त कछुवा जितको नजिकै पुगेको छ । हतार हतार ऊ दौडिन्छ, तर कछुवालाई भेट्टाउन सक्दैन । र, अन्तिममा कछुवाले जित्छ।

अरुलाई कम आंकलन गरेर आफूले ‘जित्छु’ नै भन्नु आत्मविश्वास होइन। आत्मविश्वास भनेको त्यो हो, जब आफ्नो मेहनतमाथि विश्वास गरिन्छ। अर्को कुरा, जित्नको लागि निरन्तरता जरुरी छ। बरु विस्तारै हिंड, तर हिंडीराख । यदि आफ्ना पाइला रोक्यौ भने तिमीलाई भगवानले दिएको भाग्य पनि खोसिन्छ। भाग्यले तब मात्र साथ दिन्छ, जब तिमीले कर्म गर्छौ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text