एउटा किसानले कुखुरा पालेको थियो । पालेको कुखुरा मध्ये एउटा कुखुराले एकदिन सुनको अण्डा दियो। सुरुमा त किसानलाई पत्यार नै लागेन। तर, जब ऊ बजार गएर बुझ्यो, उसलाई पत्याउनै कर लाग्यो की, उसको कुखुराले सुनको अण्डा दिएको छ । किसान धेरै खुशी भयो। त्यसपछि पनि त्यो कुखुराले सुनको अण्डा पारिरह्यो। किसान धनी भयो उसले अरु कुखुरा पाल्न छोडेर, काम गर्न छोडेर त्यही अण्डा दिने कुखुरा मात्र पाल्न थाल्यो। उसलाई झन् पछि झन् लोभ जाग्दै गयो । उसले एकदिन सोंच्यो की, ” अण्डाको लागि कति पर्खिरहनु, यो कुखुरालाई काट्छु र एकैपटकमा सबै सुनका अण्डा निकाल्छु। ” तर, जब उसले कुखुरा काट्यो, ऊ छाँगाबाट खसेजस्तै भयो । कुखुराको पेटभित्र त एउटा पनि अण्डा थिएन ।

मानिसले आफूले पाएको अवसर र भाग्यलाई चिन्न सक्नुपर्छ। उसमा त्यो अवसर र भाग्यलाई कसरि प्रयोग गर्ने भन्ने पनि ज्ञान हुनुपर्छ र उचित समयमा उचित निर्णय लिन सक्ने क्षमता पनि हुनुपर्छ। अर्को कुरा, लोभ मानिसको सबैभन्दा ठूलो शत्रु हो । सफल हुने व्यक्तिले लोभ गर्दैन मेहनत गर्छ र धैर्य रहन्छ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text