स्वामी विवेकानन्द मन्दिरबाट घर फर्कने क्रममा बाटोमा एकदिन निकै अत्तालिए । किनकी विवेकानन्द बाटोको एकदमै साँघुरो भागमा थिए र त्यहाँ त्यसदिन बाँदरहरुको हुल नै थियो । उनलाई देखेपछि बाँदरहरु कराउन थाले । विवेकानन्द आत्तिएर अडिए। जब उनी पाइला अगाडी बढाउन खोज्थे, तब बाँदरहरुले झम्टिन खोज्थे। निकै आत्तिएका उनले साहस गरेर खुट्टा उचाले र जति सक्यो दौडिए । बाँदरहरु उनलाई कराउंदै उनकै पछि-पछि दौडिए । त्यत्तिकैमा परबाट हेरिरहेका एक सन्त चिच्याए, ” तिनीहरुको सामना गर “। त्यसपछि सन्तको त्यो बोलीले विवेकानन्दमा हिम्मत जगाइदियो र उनले रिसाहा, आक्रामक मुख बनाएर लठ्ठी लिई बाँदरहरुतिर फर्किए । त्यसपछि बाँदरहरु भागे । यही प्रसङ्गलाई उल्लेख गर्दै विवेकानन्दले भनेका छन्, ” समस्यासंग नभाग।”

हामी जति समस्याबाट भाग्न खोज्छौं, समस्या त्यति नै ठूलो बन्दै जान्छ। र, भागेर समस्या समाधान हुँदैन, समस्या समाधानको लागि हिम्मत र बुद्धीको प्रयोग गर्दै समस्याको सामना गर्नैपर्छ । भाग्ने मान्छेले भोली पनि त्यही समस्या भोग्न सक्छ, आज समस्या समाधान गरेको मान्छेले भोली सजिलै ती समस्यालाई आफ्नो बाटोबाट पन्छ्याउन सक्छ र अरु समस्या आएपनि समाधान गर्न सक्छु भन्ने आत्मविश्वासका साथ हिंड्छ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text