एलेनोर रुजवेल्ट अमेरिकाकी राजनीतिज्ञ तथा अधिकारकर्मी हुन् । भूतपूर्व राष्ट्रपति फ़्राङ्क्लिन रुजवेल्टकी पत्नी एलेनोरको जन्म अक्टोबर ११ १८८४ मा भएको थियो भने १९६२ नोभेम्बर ७ मा उनको निधन भएको थियो ।

एलेनोर रुजवेल्टका प्रेरक भनाइहरु:

भविष्य उनीहरुको पक्षमा हुन्छ, जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्छन्।

तिमीले आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्यौ भने, आफ्नो सिमितताको घेरालाई पनि परिवर्तन गर्न सक्छौ।

मित्रता सबैभन्दा पहिले तिमीले आफैसंग गर्नु जरुरि छ। यदि आफ्नो साथी तिमी आफू नै बन्न सक्दैनौ भने तिमी अरु कसैको साथी बन्न सक्दैनौ।

आफूलाई सम्हाल्नको लागि दिमागको प्रयोग गर । अरुलाई सम्हाल्नको लागि मनको प्रयोग गर।

प्रत्येक दिन तिमीलाई डर लाग्ने केही एउटा काम गर।

उत्साह पूर्वक बाँच्ने मान्छे आफ्ना अनुभवहरुबाट नै धेरै अगाडी पुग्न सक्छ।

अँध्यारोमा बस्नु भन्दा एउटा मैनबत्ती बाल्नु उपयुक्त हुन्छ।

तिमी आफूले के सोंच्छौ, के गर्न चाहन्छौ र के बन्न चाहन्छौ भन्ने प्रष्ट भयौ भने आफ्नो लागि एक्लै उभिन सक्ने हिम्मत राख।

खुशी कुनै निश्चित बिन्दु वा लक्ष्य होइन । खुशी त उत्पादन भइरहने वस्तु हो।

उच्च सोंच राख्ने व्यक्तिले योजनाको कुरा गर्छ, औसत सोंच राख्ने व्यक्तिले कार्यक्रमको कुरा गर्छ र कमजोर सोंच राख्ने व्यक्तिले अरु व्यक्तिहरुको बारेमा कुरा गर्छ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text