गिरिष शर्मा भारतको राजकोटमा जन्मिएका हुन् । गिरिष दुई वर्षको हुँदा रेल दुर्घटनामा परेर उनले एउटा खुट्टा गुमाउनुपर्यो। हुर्किंदै जाँदा उनले एउटा खुट्टाको सहायताले नै भएपनि साथीहरुसंग बल, ब्याडमिन्टन खेल्ने गर्थे । मानिसहरु उनलाई हेरेर कसैले गिज्याउँथे, हेप्थे र कसैले दया देखाउँथे। तर उनलाई भने आफू अरु जसतै सबल छु भन्ने लाग्थ्यो ।

युवाअवस्थामा गिरिषले एकजना केटीलाई अत्यन्त मन पराउँथे । तर, जब आफूले मन पराउने कुरा उनले ती केटीलाई बताए। ती केटीले गिरिषको शारीरिक अपांगतालाई लिएर उनलाई गिज्याइन् । त्यसपछि गिरिषमा केही गरेरै छोड्ने, आफू कोही भन्दा कम नभएको देखाउने अठोट जाग्यो । उनले धेरै मेहनत र शारीरिक शक्तिको आवश्यकता पर्ने ब्याडमिन्टन खेललाई रोजे । घन्टौं घण्टासम्म प्रशिक्षण लिन थाले र अहिले अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी बनेका छन् ।

गिरिषले आफ्नो काम आफै गर्ने देखि लिएर साइकल समेत चलाउँछन् । उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएर पदक जित्ने गर्छन् ।

तस्बिर स्रोत

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text