कुनै सहरमा एउटा धनी परिवार थियो । घरभित्र सम्पूर्ण सुविधा र बाहिर हिंड्नको लागि महँगो गाडी, रेष्टुराँ भएका कारण त्यस परिवारका छोरा-छोरी बाहिरि दुनियाँबाट अनभिज्ञ थिए । दुई कक्षामा पढ्ने त्यस घरकी छोरी ‘संस्कृती’ लाई स्कुलमा शिक्षकले गाउँको बारेमा निबन्ध लेख्न लगाए, तर गाउँ नै नदेखेकी उनलाई केही पनि लेख्न आएन।

घरमा आएर संस्कृतीले त्यो कुरा आफ्नी आमासंग बताईन्। त्यसपछि आमाले गाउँ भनेको गरिबहरु बस्ने ठाउँ, दु:खले घेरिएको ठाउँ भएको भन्दै छोरीलाई गाउँ देखाउन लिएर हिडिन्। गाउँमा उनी एकदमै रमाईन् र बेलुका आमासंग फर्कीइन् । घर फर्किएपछि ‘गाउँ’ को बारेमा निबन्ध लेख्न बसेकी उनले निबन्ध लेखिसकेपछि आमालाई देखाईन्।

निबन्धमा उनले लेखेकी थिईन् , ” खुशी मानिसहरु बस्ने ठाउँलाई गाउँ भनिन्छ। त्यहाँका बालबालिकाहरु प्रयोगात्मक रुपले पढ्न पाउँछन्। उनीहरुका धेरै साथीहरु हुन्छन् र खेल्ने ठाउँ जता पनि हुन्छ। त्यहाँ प्रशस्त ‘अक्सिजन’ पाइन्छ। फूलहरुको वासनाले त्यहाँ ‘परफ्युम’ लगाउनु पर्दैन। गाई-भैंसीको ताजा दुध पिउन पाईन्छ । ……………. ”

फरक कुनै वस्तुमा वा काममा भन्दा बढी मानिसको सोंच र दृष्टिकोणमा हुन्छ। त्यसैले संस्कृतीकी आमाले गाउँलाई दु:ख भरिएको ठाउँ देखिन् भने संस्कृतीले गाउँ भनेको खुशी व्यक्तिहरु बस्ने ठाउँ भनेर लेखिन्।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text