टेर्री ग्रोस फेब्रुअरी १४ सन् १९५१ मा अमेरिकामा जन्मेकी हुन् । टेर्रीले स्कुल शिक्षा सकेपछि अंग्रेजी विषयमा स्नातक र स्नातोकत्तर गरिन् । त्यसपछि जागिर खोज्ने क्रममा उनी एउटा जुनियर स्कुलमा पुगीन् ।

टेर्रीले उक्त स्कुलमा ८ कक्षाका विद्यार्थीहरुलाई पढाउनु पर्ने थियो। उनले जागिर पाईन्। तर राम्रोसंग नपढ़ाएको, विद्यार्थीहरुलाई अनुशासनमा राख्न नसकेको आदि कारणहरु देखाउंदै उनलाई जागिरबाट निकालियो । र, जागिर सुरु गरेको केवल ६ हप्ता भएको थियो।

१९७२ मा शिक्षण पेशाबाट निकालिएपछि टेर्री १९७३ मा कामकै सिलसिलामा एक स्थानिय रेडियोमा पुगीन् । सुरुमा स्वयंसेवकको रुपमा एक कार्यक्रमको सहयोगी भएर काम सुरु गरेकी उनले केही समय पछि महिला अधिकारका विषयमा एउटा कार्यक्रम सह-संचालन गर्ने मौका पाईन् । त्यसपछि उनी १९७५ मा फिलाडेल्फिया एक एफएममा ‘फ्रेश एयर’ नामक अन्तर्वार्तामा आधारित कार्यक्रम चलाईन् । कार्यक्रमको लोकप्रियता यति बढ्दै गयो की, देशभरका एफएमहरुले उक्त कार्यक्रम प्रसारण गर्न लालायित हुन थाले । उक्त सफलता र आफ्नो कर्मलाई निरन्तरता दिंदै उनी अहिले अन्तर्राष्ट्रिय स्तरमै चर्चित संचारकर्मीको रुपमा चिनीन्छिन्।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text