एउटा नेपाली लोक कथा अनुसार, धेरै वर्ष पहिले खेतमा धान फल्दा, धान फल्दैनथ्यो, चामल नै फल्थ्यो। एक दिन एक जना बाहुन खेत हुँदै फर्किएका थिए। कतै श्राद्ध गराएर खाना खाएर फर्किएका उनी आली-आली हिंड्दै थिए। आलीमा हिंड्दै गर्दा उनले झुलिरहेको धान ( चामल ) हातमा सरर लिएर खाए। त्यसपछि धान ( चामल) ले रिसाएर भन्यो, ” पण्डित बनेर अतिथी जसरि खाना खाएर अघाएर आएको मान्छेले यसरि बोट नै निमोठेर खाइस्। अब देखि चामल तिमीहरुले यत्तिकै खान पाउनेछैनौ ।” त्यसपछि चामल बोक्रा सहित धान बनेर फल्न थाल्यो र श्राद्ध गरेर एक पटक खाना खाइसकेपछि दोस्रो पटकमा खान नहुने नियम बसालियो।

सुन्दा अपत्यारिला लाग्ने यस्ता नेपाली लोक कथाहरुले जीवनोपयोगी शिक्षा दिन्छन् र सायद त्यही शिक्षा दिनको लागि नै यी कथाहरु बुनिएका हुन्। यस कथाले पनि हामीहरुलाई एउटा गतिलो शिक्षा दिन सक्छ । मानिसमा चाहना र आकांक्षा हुन्छन्। तर चाहनाको नाममा लोभ कहिल्यै हुनु हुँदैन। आफूसंग हुँदा हुँदै पनि त्यसमा सन्तुष्ट नहुने व्यक्तिले सुख पाउन सक्दैन। उसको त्यो लोभले उसलाई मात्र होइन, ऊ वरिपरिको व्यक्तिलाई पनि हानी गर्छ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text