स्वामी विवेकानन्दका बुवाको देहान्त हुँदा उनको घरमा एकदमै दु:ख थियो। बुवाको देहान्तपछि जब उनले भोकले पिरोलिएका आमा र भाइलाई देख्थे, उनले आफैलाई धिक्कार्थे । उनमा जीवन देखि नै निराशा छायो ।

एकदिन विवेकानन्दले आफू नजिकै बाघ आइरहेको चाल पाए। उनले सोंचे,’ यस्तो जीवन बाँच्नु भन्दा त बरु बाघले मलाई खाओस् र आफ्नो पेट भरोस्’ । त्यसपछि उनी जहांको त्यहीं उभिरहे । तर, बाघले उनलाई झम्टिएन, खुरुखुरु आफ्नो बाटो लाग्यो।

पछि आफ्नो यो घटनालाई आफ्ना अनुयायीहरुलाई सुनाउंदै विवेकानन्दले भन्ने गर्थे, ” हरेक व्यक्तिको जीवनमा दु:ख आउँछ। दु:ख ले कहिल्यै पनि आत्तिनु हुँदैन। जीवनले हामीलाई धेरै पटक अवसर दिन्छ। त्यो अवसरलाई चिन्नुपर्छ। भगवानले हरेक व्यक्तिलाई एउटा उद्देश्यका साथ पठाएका हुन्छन्” ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text